शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • कला /साहित्य
  • हाम्रो देश भित्र बिदेशका गोठालाहरु धेरैछन,

हाम्रो देश भित्र बिदेशका गोठालाहरु धेरैछन,

  • बुधबार, असार १६, २०७८
हाम्रो देश भित्र बिदेशका गोठालाहरु धेरैछन,

हाम्रो देश भित्र बिदेशका गोठालाहरु धेरैछन,
बिक्रि बितरण गरेका खोला नालाहरु धेरैछन।

जौना थालिमा खानछन त्यसैमा प्वाल पाय्रो,
अ बिश्वासिला नेता मनका कालाहरु धेरैछन।

नेतालाई त देशका जनतालेनै बिगारेका हुँन,
स्वागत मा लगाउँने अबिर मालाहरु धेरैछन।

थाहा छैन हाम्रै घरको धुरीमा पुगे बिदेशीहरु,
लिएका तिखा छाति गोभ्ने भालाहरु धेरैछन।

बिकासकै नाउमा देशलाई सखाफ पारे ईन्ले,
कल कारखानामा लगाएका तालाहरु धेरैछन।

भेट्टिन्न मर्दाको मलामे बिहेमा जन्ति देशभित्र,
बिदेशभरी भौतारिने लाला बालाहरु धेरैछन।
सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार