( गजल )
सुरेशकुमार पान्डे । जुम्ला हुम्ला जाजर कोट मा हेरौं हालत कस्तोछ, हिमाल पहाड मधेसी जनताको ईज्जत कस्तोछ। बिकास छैन सतहत्तर जील्ला,सात प्रदेश बनाए, जनता लाई सोध अबस्था सत प्रतिसत कस्तोछ। राजनीति सेवाहो कि पेसाहो भन नेता हामिलाई, संसार लाई सोध आज देशको हकिगत कस्तोछ। दुनियाँ घुम्यो चन्द्रमा,हाम्रै देशमा छुवाछुत बाँकी, अपहेलित असमानता झेल्नेलाई बखत कस्तोछ। […]