बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • कला /साहित्य
  • नेता भएपछि त देशको गोठालो हुनुपर्छ,

नेता भएपछि त देशको गोठालो हुनुपर्छ,

  • शनिबार, मंसिर २५, २०७८
नेता भएपछि त देशको गोठालो हुनुपर्छ,

नेता भएपछि त देशको गोठालो हुनुपर्छ,
उन्को हातमा पनि हलो कोदालो हुनुपर्छ।

जनता सँग नङ्ग मासुको सम्बन्ध हुँनै पर्ने,
सधैभरी जनताहरु सँग हातेमालो हुनुपर्छ।

कोहि स्यानो र ठुलो हुँनु हुँदैन मानिसहरू,
सुखःदुःख साटा साट आलो पालो हुनुपर्छ।

सधै भरी दिन एकैनासे हुँदैन कसैको पनि,
जीवन कहिले उकालो र ओरालो हुनुपर्छ।

मेल मिलाप ठ्याक्कै एक नास हुँने हुँदानी,
उस्तै गरूलाई जुवा हलोमा फालो हुनुपर्छ।

के लिएर जान्छौँ चार जनाको काँध माथि,
सबैलाई घाट सम्म कात्रोको टालो हुनुपर्छ।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार