बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • कला /साहित्य
  • का.स्टालिनको बारेमा!

का.स्टालिनको बारेमा!

  • सोमवार, पुस ५, २०७८
का.स्टालिनको बारेमा!

सुरेशकुमार पान्डे — अहिले सामाजिक सञ्जालमा कति पय साथिहरूले शेर गर्नु भएको लेखहरू लाई पढ्दा फेरी पनि कामरेड जोसेफ स्टालिनको बारेमा गहन रूपमा अध्यायन गर्नु पर्ने देखिन्छ।लेखमा कयौँ त्रुटिहरू देख्दा हामि पनि अन्दोलमा परिन्छ।
हामिले उनको बारेमा बिभिन्न पत्रपत्रिकामा अध्यायन गरेनुसार उन्को जीवनी वा उन्ले रुसमा गरेको शंघर्ष ले विस्वभरीका श्रमजीवी बर्गले प्रेणालिनु पर्ने देखिन्छ।तर कतिपय मित्रहरूले स्टालिनको बारेमा प्रतिकृयावादीहरूले उनलाई बद्नाम गर्ने र समाजवादी ब्यबस्थालाई आकारमण गर्ने मनसायले लेखेका लेखहरूलाई कोपि गरेर पस्केको पनि देखिन्छ।स्टालिनलाई विस्वका प्रतिकृयावादीहरूले सक्या सम्म आकारमण गरेकाछन।उन्लाई अहिले पनि एउटा तानाशाहको रूपमा चित्रण गर्ने प्रयात्न भै रहेकोछ।स्टालिनलाई बद्नाम गरेर विस्वको समाजवादी आन्दोलनमा समेत प्रहार गर्ने योजनाले प्रेरित विस्वका प्रतिकृयार्यवादीनै हुन।तर कतिपय अबस्थामा कम्युनिष्ट बिचारधारामा आस्थावान पक्षले पनि अध्यायनको कमिले ब्यापक अध्यायन नगरेर उपरिप्रकारले गरेको अध्यायनको भरमा उहि प्रतिकृयावादीहरूको लेख रचनाहरूलाई फोटो गरेर पस्केका हुन्छन।उनिहरूको यो ब्यबहारले गर्दा कम्युनिष्ट आन्दोलनका बिध्यार्थिहरूलाई ठुलो भ्रम पर्ने गर्छ।गुगलमा सर्च गर्दा पनि उन्को जनम दिन १८दिसम्बर १८७८ कयौं ठाउँमा१७दिसम्बर सन१८७९ लेखिएको पनि भेट्टिन्छ।तर हामिले अध्यायन गर्दै आएका पुस्तकहरूमा उन्को जनम दिन२१दिसम्वर१८७९नैछ।आधिकारिक के हो जनम दिनको बारेमा पनि बिभिन्न बुद्धिजिविको अलग अलग तर्कछ।
अहिले पनि साथिहरूले उन्लाई बुझ्ने र बुझाउँनेमा धेरै अस्पष्टता देखिन्छ।कामरेड स्टालिन एकजना मार्क्स्वाद-लेनिनवादका सच्चा सिपाहि थिए।
२१डिसम्वर सन१८७९मा तिफ्लिस प्रान्तको गोरिएर नगरमा उन्को जनम भयको थियो।”जोसेफ स्टालिनको संक्षिप्त जीवनी।”उन्का पिता बिसारिओन ईवानोविक द्जुगासविलि त्यहि प्रान्तको डिडि-लिलो गाउँ बाट आएका एउटा किसान परिवारका जर्जियालि थिए।भनिन्छ उन्को परिवार त्यो बेला धेरै गरिब थियो र पेसाले उनिहरू सार्कि थिए।पछि तिफलिस स्थित एडेल्खानोव जुत्ताको कारखानामा उन्को पिता मजदुर भए।उन्कि आमा इकातेरिना जार्जिवानको जनम गम्वारियुली गाउँमा गेखाद्जे नामक एउटा किसान भुदाश परिवारमा भएको थियो।
सन१८८८को शरदयाममा स्टालिन गोरिमा पादरी स्कूलमा भर्ना भए।त्यँहा बाट सन१८९४मा तिफलिस स्थित कटरपन्थी आध्यात्मवादी पाठशालामा भर्न लिनपुगे।त्यो वेला उद्दोगिक पुँजिवादको बिकास र मजदुर आन्दोलनको बृद्धि संग संगै रूस भरिनै मार्क्सवादको ब्यापक प्रचार प्रसार थियो।का.लेनिन द्वारा स्थापना र नेतृत्व गरिएको मजदुर बर्गको मुक्तिका लागि सेन्ट पिटर्सवर्ग सघर्ष लीगले देशभरीमा नै सामाजिक जनवादि आन्दोलनको बिकास गर्दै थियो।मजदुर आन्दोलनको लहर ट्रान्सककेशिया सम्म फैलियो।किन भने त्यँहा पुँजिवादले जग बसालि सकेको थियो।जातिय र औपनेबेशिक थिचो मिचोको ठुलो बोझ परेको थियो।ट्रान्सककेशिया एउटा आर्थिक दृष्टिले पछ्यौटे,कृषि-प्रधान देश थियो।त्यँहा सामन्तवादका अबशेषहरू अत्याधिक बलिया थिए।त्यँहा असंख्य जातिहरू मिसिएर रहेकाथिए र यो बिशिष्ट जारशाहि उपनिवेश थियो।
उन्नाईसौं शताब्दिको आखिरि पच्चिस बर्षमा मजदुर किसानहरूको बर्वर सोशण गर्दै र जातिय तथा औपनिवेशिक थिचो मिचो लाई चर्काउँदै ट्रान्सकके शियामा पुँजिवादको छिटो छिटो बिकास हुनथालेको थियो।खास गरेर खानी उद्दोग र तेल निकाल्ने तथा शुद्ध पार्ने उद्दोगहरूको छिटो बिकास भयो।जस्तै जस्तै पुँजिवादको बिकास हुँदै गयो मजदुर आन्दोलनको पनि बिकास हुनथाल्यो।सन१८९०-९९को अभदिमा ट्रान्सकके शियामा निर्वासित भएका रसियाली मार्क्सवादिहरूले त्यँहा क्रान्तिकारी कार्य चलाएका थिए।त्यसताक तिफ्लिसका कटरपन्थी आध्यात्मवादी पाठशाला त्यसको केन्द्र थियो।पाठशालामा ईसाई धर्मको साशनले गर्दा पनि स्टालिनमा बिरोधि भावना जाग्यो र मार्क्स्वादको अध्यायन गर्न थाले।उन्ले१८९६र ९७मा स्टालिनले पाठशालामा मार्कस्वादी अध्यायन मण्डलको नेतृत्व गरे।१८९८अगस्तमा बिधिवतरूपले उनि रस्सियालि सामाजिक जनवादी मजदुर पार्टीको तिफ्लिस संगठनको सदस्य बनेका थिए।उन्को कम्युनिष्ट आन्दोलनमा ऐतिहाशिक भूमिकाछ।त्यसलाई कसैले लुकाएर अथवा बंगाएर मेटाउँन सक्दैनन्।स्टालिन कलिलैमा मार्क्स वादको समप्रकमा आएर क्रान्तिकारी आन्दोलनमा कुंदे।रूसको महान अक्टुवर समाजवादी क्रान्तिका नायक कामरेड लेनिन सन१९२४मा दुखःद निधन पछि करिब चारबर्ष सम्म ट्रास्कि सँग संघर्ष पछि रूसको सत्ता सम्भालेका स्टालिनले सन१९२८मा प्रथम पंचबर्षिय योजनाको सुरूवात गरे।उन्ले आफु जीवीत छँदा सम्म लेनिनको समाजवादी ब्यबस्थालाई संस्थागत गर्न कुनैपनि कसर छाडेनन्।वास्तबमा विस्वका प्रतिकृयावादिहरूले उन्लाई एक्ला पार्न ठुलो प्रयास गरे तरपनि उनि कसै संग झुकेनन।महान समाजवादि शोभियत रूसलाई एउटा बिकासको मिसाल बनाएर छाडे।उन्को ७४बर्षको उमेरमा सन१९५३को मार्च पाँचमा निधन भयको थियो।त्यसपछि आएको ख्रुचेभले रूसमा पुँजिवादको पुनर्निमाण गरेर मौका परस्त पुँजिवादहरूलाई खुसि पारेका थिए।का.स्टालिनको बारेमा धेरै भ्रमहरू सिर्जना गरिएकोछ।उन्ले आजिवन बर्गशंघर्ष गरेर निर्वासित र जेलको कठोर जीवन बिताए तरपनि कहिले झुकेनन्।तर बिड्मबना उन्को बारेमा कयौं लेखकहरूले पनि बेग्ला बेग्लै जीवनी लेखेकाछन।उन्को जनम दिन समेत२१दिसम्बर १८७९लाई बंगायर १८दिसम्बर सन१८७८,पनि उल्लेख गरिएकोछ।कृपया ईतिहाशलाई जस्ताको तस्तै लेखेर जनतामा पुराउँनुपर्छ।कुनैपनि दार्शनिकको जीवनको यथार्थलाई गहिररी अध्यायन गरेर मात्र अरूलाई पनि बुझाउँ।हामि सबैले बुझ्ने भनेको बिभिन्न पत्रपत्रिकाको अध्यायन गरेरनैहो।ईतिहाशलाई चाहेर पनि कसैले नष्ट गर्न सक्दैन।हामिले गरेको पुस्तिकाको अध्यायन बाटपनि कमि हुनसक्छ।कृपया सत्य र तथ्य को पत्ता लगाएर सबैलाई शिक्षित बनाउँ।वास्तबिक रूपमा दिसम्वर सन१९७९मा जन्मिएका जोसेफ स्टालिन गरिब बर्गको लागि गरिएको महान अक्टुवर क्रान्तिको उपलब्दिलाई संस्थागत गर्न उन्ले ठुलो र समझौता हिन गरेको शंघर्ष कारणले नै विस्वका प्रतिकृयावादी तथा संसोधनवादीहरूले उन्लाई बद्नाम गर्दै आएकाछन।सन१९५६मा ख्रुचेभ द्वारा समाजवादमाथिको हमला र पुँजिवादको पुन्रजनमले हामिलाई त्यहि बताउँछ जो हामिले बारमबार भन्दै आएकाछौं।नेतृत्व गलत ब्याक्तिको हातमा जादा बित्तिकै समाजवादलाई पुँजिवादमा प्रणित गरे।त्यसैले कामरेड स्टालिनको शंघर्षकको आजपनि ठुलो र ऐतिहाशिक अर्थ छ।

चर्चामा

सम्बन्धित समाचार