शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • कामको तलाश!लुघुकथा।

कामको तलाश!लुघुकथा।

  • आइतवार, मंसिर २६, २०७८
कामको तलाश!लुघुकथा।

सुरेशकुमार पान्डे — रामु कामको तलासमा सानै उमेरमा परदेश तर्फ लाग्छ।घरमा आफ्नो बारीमा फलेको अन्नले तिन मैनापनि नपुगेपछि कतै काम त खोज्नै पर्थ्यो।पढ्ने लेख्ने खेलकुद गर्ने बेलामा रामुको बाबा बितेपछि उस्लाई ठुलो सङ्कट पर्छ।एक त घरको जेठो छोरा आफु भन्दा स-साना भाई बैनाको देखरेख गर्ने जिम्मा पनि रामुको कांधमा आउछ।
आमा म अब लाहुर जान्छु है?यँहा काम पनि भेट्टिदैन,हाम्रो खर्चपनि बढेकोछ भाई बैनालाई स्कुलमा दाखिला गराउँ म कमाउँन जान्छु!एक दिन रामुले आमा सँग सल्हा लिन्छ।यति सानु कलिलो उमेरमा छोराले यति ठुला कुरागरेको देखेर तुलसि भाबुक हुन्छिन!उन्ले केहि नवोलि एक टक रामु तिर हेरेर खिसिक्क हास्छिन र कपालमा मसारदै अब मेरोछोराले पनि पैसा कमाउँने भयो भन्छिन।
केहि दिन पछि मिट्ठू भारत आउँदै थिए उनि एउटा कम्पनि बाट छुट्टिमा घर गएकाथिए। मिट्ठू भारत जाने थाहा पाएपछि रामुलाई त्यो पक्को मान्छे सँग पठाएपछि दुखः हौन भनठानेर तुलसिले मिट्ठु सँग आफ्नो छोरालाई पनि लग्दिनुस बाबु भन्दै बिन्ति गर्छिन।उस्ले टार्ने कोसिसमा यो बालखले केकाम गर्ला र भाउँजु बरू स्कुलमा हाल्देउन।भनेर सम्झाउँने प्रयास गर्छ तर उन्को जिदमा रामूलाई ल्याएर आउँछ।
दिल्लि सम्म जनतन उस्लाई ल्याएपछि उस्ले रामूलाई उसका आफन्ति गाउलेहरू भयको ठाउँमा जान भन्छ।दिल्लिको काश्मिरि गेट बाट पानीपतको बसमा बसालेर आफु आफुले कामगर्ने कमपनि तर्फ लाग्छ।
अब रामू पानिपत पुगेपछि सोध्दै सोध्धै थर्मलमा पुग्छ तर पनि उसलाई थर्मलको भित्र प्रवेस गर्न दिंदैनन्।अब सांझ पर्न थालेको थियो छनलाई थर्मलमा थुप्रै गाउँका मान्छेहरू थिए तर बिना ठेकानाको कता जाने?गेटमा भित्र पस्न नदिएपछि रामुलाई गाडले कलौनिको बाटो सिकाई दिन्छ र उ कलौनि तर्फ लाग्छ।एक घन्टा जति पैदल हिंडेर रामू कलौनि तर्फको गेटमा पुग्छ तर कता जाने त्यसबारेमा केहि पनि निर्णय गर्न सक्दैन।उस्को दिमाखमा एउटा कुरा आउँछ त्यो के भने नजिकै बिरियलको गेटमा गयर उभिएपछि कुनैन कुनै ब्याक्ति नेपाली भेटियो भने त आफ्नो मान्छे लाल जि लाई भेट्न सकिन्छ।आज लालको क्वाटर फेला नपारेपछि रातिमा कांजाने?मनैमनमा सोंचेर रामू बेरिएर मा पुग्छ।एकेछिनमा भित्रबाट छुट्टी भयर धेरै जना निस्कन्छन तर उस्ले चिनेका कुनैपनि भेट्टिनन्।एउटाले साईकल डोराउँदै पैदल आएको थियो।नमस्ते हजूर !रामूले हात जोडेर नमस्ते गरेको देखेपछि त्यो ब्याक्तिले केहो?भनेर सोध्छ।लाल जी कहां जाना है!रामुले पनि हिन्दि नेपालि मिसाएर भन्छ।खै याँहा धेरै लाल हरूछन तँलाई कुन लाल चाहियो?उस्ले स्थानिय भाषामा सोध्छ।एउटा नजिकै होस्टेलमा पनिछ हिड भन्दै पछि पछि डाक्छ।अलि पर पुग्दा नपुग्दै उता बाट लाल आउँदै थिए।रामुले देखेपछि चिनिहाल्यो।उस्ले पनि लालको हिला लगाएर आफ्नो साईकल चडेर घरतिर लाग्यो।
अहिले लाल जिलाई भेटाएपछि रामु अत्यान्तै हर्षित भयो।यदि लाल जि नभेटाएको भय आज रामु कता जानेथ्यो त्यसबारे उसँग कुनै उत्तर थिएन।धन्य लाल जी लाई भेटायो र सांझमा उनैका घरमा खानपिन गरेर सुत्यो।
एसरी किन एक्लै आएको?कतै हराएको भय के हुन्थ्यो?यस्तै भयर त नेपालीहरूका बालख हराउँछन!लाल जिले उस्लाई चेताए।उस्ले पनि आफु आउँने कारण बतायो।
भोलि पल्ट देखि लाल उस्लाई काम खोज्नमा लागेका थिए।आखिर के काम गर्ने?पढे लेखेको छैन,सानु बालख कसैको घरमा साफ सफाई गर्ने काम पाए उतै खाने बस्ने ठाउँपनि पाईन्छ।लाल जि ले मनैमनमा सोंचेर एउटा उबरशेरका घरमा पठाए तर उस्ले त्यँहा काम गर्न सकेन र नभनि किन फर्कियो।उता त्यो उभरशेर हरायो भनेर डराएको थियो,उल्टै लाल जि लाई झाडेर गयो।जनतन एउटा कम्पनिमा काम खोजेर लगाएका थिए।परदेशमा आएको बाल मजदुरले कस्तो काम पाउँन सक्थ्यो।आर्काको देशमा करिब मैनादिन सम्म लाल जि ले आफ्नो क्वाटरमा पाले पछि बल्ल तल्ल एउटा कम्पनि भित्रको होटेलमा चियाको सर्विस गर्ने काममा लगाई दिएका थिए।गाउँ घर बाट रामुजस्ता कलिला बालमजदुरहरू आएर छिमेकामा हराउँने गरेको धेरै उधारणहरू भेटिन्छन।

चर्चामा

सम्बन्धित समाचार