मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • देशको बिकास गर्ने सबैलाई अधिकार हुन्छ

देशको बिकास गर्ने सबैलाई अधिकार हुन्छ

  • सोमवार, पुस ५, २०७८
देशको बिकास गर्ने सबैलाई अधिकार हुन्छ

देशको हालात देखे पछि धेरै दिकदार हुन्छ,
आफुलाई त आफ्नै देश शुन्दर संसार हुन्छ।

नेताहरूले नजानेर यो देशलाई नर्क बनाए,
संघियता खारेज गरे कामको आधार हुन्छ।

साना साना उद्दोग बनाउँ आफ्नो लगानिमा,
थोरै भएपनि युवाहरूलाई त रोजगार हुन्छ।

न ल्याए कसैको अनुदान आफ्नो देशभित्र,
त्यस भित्र लुकेर आएको ठुलो बिमार हुन्छ।

साम्राज्यवादले कता निस्वार्थ अनुदान दियो,
प्रत्येक पाईलामा नाफाकै मात्र ब्यपार हुन्छ।

कसै लाई दोश दिनु भन्दा आत्मनिर्भर बनौ,
देशको बिकास गर्ने सबैलाई अधिकार हुन्छ।

चर्चामा

सम्बन्धित समाचार