शुक्रबार, चैत्र १६, २०८०

गजल!

  • शुक्रबार, मंसिर २४, २०७८
गजल!

एम सीसी पास गराउँन धुनधान भएकोछ,
देश भक्ति त मात्र उन्को उखान भएकोछ।

कमिसन पाए नाङ्गा हुनेरैछन केहि नेतहरू,
हेर एम सीसी पास गर्ने आवहान भएकोछ।

पुँजिवादी ब्यबस्था हो पैसामाछ तौलमौल,
मान्छेको अधिकार समेत वेजान भएकोछ।

धनमानको स्वर्ग भित्र काम छैन निर्धन को,
गरिब किसानको सपना अफ्सान भएकोछ।

राष्ट्रीयता र जनतन्त्रको लागि भन्ने बिधिमा,
नियम कानून र राजनीति दोकान भएकोछ।

झेल्दै आयो यो सेते ले धनमनको राज भित्र,
जति शंघर्ष गरे नि धनिलाई बर्दान भएकोछ।

सुरेशकुमार पान्डे

चर्चामा

सम्बन्धित समाचार