बुधबार, बैशाख १२, २०८१

गजल!

  • शुक्रबार, पुस २, २०७८
गजल!

अब फेरि आन्दोलनको रफ्तार हुनेछ,
त्यहि बेलाको शंघर्षनै आरपार हुनेछ।

जोगौन सक्नेछैन प्रतिकृयाबादी सत्ता,
उस्को तमाम कोसिश नि बेकार हुनेछ।

लुटिनेछ जव उनिहरूकै यो स्वर्ग पनि,
हो उनिहरू लाई मृत्यु सँग प्यार हुनेछ।

मानिस ले मानिस सँग त्यो बेला याहाँ,
खुबै राम्रो सुझ बुझको ब्यबहार हुनेछ।

बर्गिय आन्दोलन दृघाकालिन हुने हुँदा,
जनवाद नआउँदा सम्म बरकरार हुनेछ।

जन आन्दोलन लगातार अंघि बढे त्यो
नयाँ जनवादी क्रान्तिको आधार हुनेछ।

फलामले फलामलाई काट्छ भनेको झैं,
सर्वहाराबर्ग नै क्रान्तिको औजार हुनेछ।

यो संसार जस्ले सिंगार्यो बनायो उसैको,
अब श्रमजीवीबर्ग यस्को हकदार हुनेछ।
सुरेशकुमार पान्डे

चर्चामा

सम्बन्धित समाचार