मङ्लबार, माघ ४, २०७८
  • होमपेज
  • कला /साहित्य
  • जस रावल “जिज्ञासु”का बीस “प्रेमि” मुक्तक

जस रावल “जिज्ञासु”का बीस “प्रेमि” मुक्तक

  • मङ्लबार, मंसिर २८, २०७८
जस रावल “जिज्ञासु”का बीस “प्रेमि” मुक्तक

मुक्तक,१

बिर्सिन्छु अब साेचेकाे थिएँ,झन याद अाउँछ
रातभरि भाेकै बाटाेमै राेएँ,झन याद अाउँछ।
सम्झेँ बितेका पल बाटोमै लरबराएँ के गरुँ
तिम्रै नाम लिई कराएँ झन-झन याद अाउँछ।।

मुक्तक,२.
न,त मुटु फरक छ।न,त रगत फरक छ
तर पनि जातमा गरिने तागत फरक छ।
विभेद त गरिन्छ यहाँ नगर्ने हाेइन तर,
तिमी एकातिर छाै,विश्व जगत फरक छ ।।

मुक्तक,३
तिम्राे गन्ध पनि मलाई सुगन्ध जस्तै लाग्छ
तिमी नबाेल्दा मेरा कान बन्ध जस्तै लाग्छ।
हेर प्रियतम् तिमी रिसाउँदा पनि जे गर्दा,
पनि मलाई हाम्राे प्रेम सम्बन्ध जस्तै लाग्छ ।।

मुक्तक,४

काँ हाल्नु सिन्दुर पनि शिर नभयापछि
नदी,छाल कसरी हान्छ तिर नभयापछि।
तिम्राे मेराे प्रेम सम्बन्ध के भाे?अायाे गयाे,
क्यै थाहा महिना मङ्सिर नभयापछि।।

मुक्तक,५
हेर मेरि मनकी रानी तिमी सँगै भैदिए !
दु’ख पीडा क्यै नमानी,तिमी सँगै भेदिए !
झुपडीमा नै किन नहाेस् बस्थाैँ हाेला,
हाँसी ,खुसी, रमाएर तिमी सँगै भैदिए !

मुक्तक,५.
सायद भएर पनि मानिस गरिएन!
कसैको रिस कसैको खिस गरिएन!
जिन्दगिको अर्को नाम संघर्ष रहेछ,
कहिले पनि बुझ्ने कोसिस गरिएन!

मुक्तक,६.
हिउँदमा हिमाल राम्रो बसन्तमा पाखा
राम्री तिमी साह्रै राम्री अझै राम्रा अाँखा ।
छन त तिमी साँच्चै सुन्दर छाै,त्यसैमा,
अति मिठाे बाेली काेकिल कण्ठ भाका।।

मुक्तक,७.
कति छ मनमा जलन थाहा नहाेस्!
आफ्नाहरुलाई त झन थाहा नहाेस्!
अश्रु झरोस बरु पीडा पखालियोस,
तर कहिल्यै पनि दुस्मन थाहा नहाेस्!!

मुक्तक,८.
साँच्चै मनमा ढुक्ढुकी बढेको पत्तै भएन।
के भाे मलाई यो मुटु दुखेको पत्तै भएन।
जहाँ जाँदा जे गर्दा तिमीलाई नै सम्झिँदा,
सम्झिँदै याे दुनियाॅ भुलेको पत्तै भएन।

मुक्तक,९.
सुन्दर रहेछ तिम्राे मुहार म दुखीलेे चिन्न सकिन
अमुल्य रहेछ तिम्रो प्रेम म गरिबले किन्न सकिन
छनत:थाहा थियाे हजुर ठुलाे जातकाे हाे भनेर,
तरपनि म जस्तो पागल प्रेमीले छिन्न सकिन।।

मुक्तक,१०.
तिमीलाई पाउने सपनाहरु सिसा झैं- टुक्रीदा
मनमा उदेक लागेर आउँछ तिमीलाई सझिदा !
जाँदा हाँसी हाँसी जाउ ल है ! जाउ भनिदिएँ,
दुख्न त दुख्यो आफ्नै मुटु कसैले चुँडी लिदा !

मुक्तक,११.
मलाई त्यो प्रेमी मन देऊ न है !सानी।
प्रेम गर्ने प्रेयसी बन्देउः न है !सानी।
कस्तो सुनिन्छ होला आहा!सुन्न उत्सुक छु म,
‘मलाई माया गर्छु’ भन्देऊ न है! सानी ।।

मुक्तक,१२.
हामीमाथि आयो उतार चढाब ,बेलाबेलामा।
भयाे झगडा र गरियो धेरै मिलाप बेलाबेलामा।
लागेपछि साउन भदौकाे बर्खे भेल,देखाउदो, रहेछ नदीले पनि अाफ्नाे रवाफ बेलाबेलामा।।

मुक्तक,१३.
तिमीलाई झैआफ्नो ठान्ने अरु पनि थिए।
तिमी भन्दा नि हुने खाने अरु पनि थिए
तिमी बाहेक अन्त मन जादै जान्न र पो,
छनालाई त धरै चाहाने अरु पनि थिए।

मुक्तक,१४.
सानाे जात भएकै कारण अस्वीकार गर्याे।
है!प्रेम गर्नुकाे साँटाे उल्टै तिरस्कार गर्याै .
मैले के गरिन र!तिम्रा लागि अाज मलाई ,
यस्तो धाेकेबाजकाे जसरी व्यबहार गर्याै।।
मुक्तक,१५
अाज तिमीले पागल सम्झाै जातकै कारण
नबज्ने हाे ,मादल सम्झ्याै जातकै कारण।
हुरि चल्छ,बतास चल्छ,केही फरक पर्दैन,
फागुन चैतकाे बादल सम्झ्याै जातकै कारण।।

मुक्तक,१६
मुक्तक,१७.
सुन्दर रहेछ तिम्राे मुहार म दुखीलेे चिन्न सकिन
अमुल्य रहेछ तिम्रो प्रेम म गरिबले किन्न सकिन
छनत:थाहा थियाे हजुर ठुलाे जातकाे हाे भनेर,
तरपनि म जस्तो पागल प्रेमीले छिन्न सकिन।।

मुक्तक,१८

मुटुलाई नै हत्या गर्याै तिमी हत्यारा रैछाै
कुरा सधैं पत्याउने भएँ तिमी पत्यारा रैछाै।
जे भन्थ्याै त्याे अाखिर सबै पुर्याहाल्याै ,
तिमी त वास्तविक सही सत्यारा रैछाै।।

मुक्तक,१९
अझै साथी बनाै भन्छाै धाेकेबाज कसरी भनु
तर मिलेन जात भन्छाै धाेकेबाज कसरी भनु।
फेरि सजाएकाे भागेदार पनि तैंले नै हुनुपर्छ ,
नत्र हुन्थेन बात भन्छाै धाेकेबाज कसरी भनु।।

मुक्तक २०,

तिम्रै कारण बगेका अाँसु बिना रुमाल पुछ्ने बनायाै
माया के हाे?धाेका के हाे? परिभाषा बुझ्ने बनायाै।
बाँचेर नि मरेकाे याे हालतमा ल्याई सधैंभरि ,
हृदय ठाेकिठाेकि अहिले जे खाएपनि रुच्ने बनायाै।।

चर्चामा

सम्बन्धित समाचार