शुक्रबार, चैत्र १६, २०८०

गजल!

  • सोमवार, मंसिर २०, २०७८
गजल!

जब देश भक्तको उठिबाश भयो देशमा,
नागरिकका समस्यको राश भयो देशमा।

अंघि पछि साम्राज्यवादको बिरोध गर्छन,
सरकारमा गए सी उनै खास भयो देशमा।

जनताले त बुझुन नबुझुन यिनको चरित्र,
झन झन नेताको प्रदा फास भयो देशमा।

नत मस्तक हुन्छन दलाल बनेर कतिपय,
थोरै कलो खानपाए त दाश भयो देशमा।

होनहार युवाहरु काम खोज्न बिदेश गए,
फर्किदा बिदेशबाट उ लाश भयो देशमा।

किनहोला धेरैजसो कम्युनिष्ट भनौदा नि,
साम्राज्यवादको खुबै खाश भयो देशमा।
सुरेशकुमार पान्डे

चर्चामा

सम्बन्धित समाचार