शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • कला /साहित्य
  • बिर्शिनै नसक्किने त्यो रात!

बिर्शिनै नसक्किने त्यो रात!

  • आइतवार, मंसिर १९, २०७८
बिर्शिनै नसक्किने त्यो रात!

सुरेशकुमार पान्डे — धेरै पहिलेको कुरा हो देशमा निरुंकुश पञ्चायति ब्यबस्था थियो,म नयाँ नयाँ संगठनमा लागेको थिएँ।अरू लाहुरेहरू घर जाँदा भरिया गराएर जान्थे मलाई बस बाट झर्दा बित्तिकै दुईजना भारि बोक्नेहरूले भने हामि लग्दिन्छौँ समान।होईन हजूर म आफै लग्छु मेरो समान भारि बोकि रहेको ठाउँ हो भन्दै उनिहरूलाई मना गरिदिएँ।त्यो बेला स्युजा गाबिस.जानलाई साधन थिएन तर होर्नक सम्म भयपनि साधन मिल्यो म ढिला नगरि त्यसमा बसिहाले।
ए केटा लाहुर बाट आई पुगेछस त एउटा अधेड उम्रेका मानिसले मलाई देखेर भने।
उनि गाउँकै ब्याक्ति थिए,पछाडि फर्केर ढोग गरें।मलाई चिया ख्वाउँने होईन त?उन्ले भने!ख्वाईहालौँ जाबो एक कप चिया ख्वाएर के समपत्ति जानेछ बिचरा मागिहाले भन्ने सोंचेर उन्लाई र आफुले पनि पिउन साहुनिलाई चिया पकाउँन अडर दिएं।
बसेर चिया पियौँ एकन्टा पाउरोटी पनि खायौँ।उनि तराई तिर झर्ने म चाहिं पहाड घर कालिमाटी पुग्ने।उनि र म फाटिम भारि गरूंगो थियो अलि पर पुरूङ्गछेंडा न पुग्दै अलि ओर डाँडामा पुग्दा छाता छुटेको याद आयो।अब के गर्ने होटेल बाट पछि छाता नमिल्न पनि सक्छ भन्दै मनै मनले सोंचे तर सांज परि सकेको थियो।बाटा मुनि एकजना मान्छेको घर थियो।
बैनि यो समान एकछिन राख्छु है?मेरो केहि समान होर्नकमा छुटेछ सो लिन जान्छु !भने।छिट्टै आउँनु राख्नुस भनेर उन्ले भनेपछि समान राखेर मेरो पालो होर्नक तिर फर्किएं।दौडि दौडि आएर छाता लिएर फर्किंदा झमक्कै रात पय्रो अंधेरी रात थियो सो केहि पनि देखिन छाड्यो।
लाईट पनि बाक्सामै थियो एउटा सलाई कोर्दै बाटो खोज्दै गर्दा माथि बारिमा कोई खसखस खुसखुस गरेको सुने उनिहरूले मलाई आएको देखेका रैछन।हो त्यँहि बाट तल हो झर्नुस भने म पनि तल झरें।अब रात झमक्कै परेकोले केहि देखि दैन।अब आजको राति यहि घरमा बास बस्न पर्ने भयो।त्यो बेला रातिको समय त्यहाँ बाट अगाडि जान सकिन्ने अबस्था थिएन।
मैले पर्छ पेटिमा राखेर गयको समान त्यँहि थियो।म त्यँहि आफ्नो समान भयको नजिकै गयर बसें।एकछिन पछि त्यो केटि जस्लाई भनेर समान राखेको थिएं त्यो आई।बैनि रात पय्रो कतै जाने जस्तो अबस्था छैन आजलाई बास पाईएला?मैले सोधे।
मलाई थाहा छैन आमा सँग सोध्नुस! उस्ले अलि रूखो स्वरमा जवाफ दिई।आमा भित्र हुनुहुन्छ?मैले सोधें।छैनिन् माथि बारिमा कराको सुन्नु हुन्न?माथि बारिमा गीत गाउँदै त्यो रातिमा केहि गर्दै थिए।
यस्तो रातिमा के गर्नुहुन्छ?त्यँहा।मैले आश्चार्य हुँदै सोधे!मकै भांच्दैछन!भनेर त्यो केटि घरभित्र पसि म त्यँहि भाईर पेटिमा बसि रहें।एकछिन पछि तिनिहरू एक एक डोका मकै लिएर आए,उनिहरू चारपाँच जाना थिए।आउँदा बित्तिकै मतिर हेर्दै काँहो घर?उन्ले सोधिन जी मेरो घर लेख हो!मैले भने।
यो लोग्ने मान्छे नभयको घरहो यँहा बास पाईदैन भनेर खिसिक्क हांस्दै राख सिक्वामा समान मान्द्रो बिच्छाई दिएकि छुँ उन्ले भनिन।बाकस उठाएर सिक्वामा राखें।अनि गुन्टो पनि त्यतै लगें।मकै उसुनेको थियो खाउ भाई भनि मलाई भोक थिएन र खाँदैन भने।
अलि बेरका दुई जना पुरूष आए एउटाले मादल बोकेको थियो।भाउँजु भात पाक्यो?पाक्दै छ बाबु आउँनुस!भन्दै स्वागत गरिन उनिहरू भित्र पसे।मकै उसुन्न अगेनामा राखेकि थिईन।सिक्वामा को बसेको छ त?त्यो ब्याक्तिले मतिर कोखेरी हेर्यो।लेखाली पाउँन हुँन ,पाण्डे भन्छन।महिलाले भनिन।कस्का छोरा हौ बाबु पाण्डेहरू लाई त मैले सबैलाई चिनेकोछुँ?उनि मध्य एकजनाले सोधे।जी म माईलो पाण्डेको छोरा हुँ भने।ओहो होर हिन रक्सि लिन जाम भनेर आर्कोले भन्यो।मैले त खाँदैन रक्सि मैले भने!ओहो तिमिले नखाए पनि हामिले खान्छौ भन्दै जान लाई जिद गर्छ तर म पटक्कै उठेन।आउ तास खेलम पाण्डेहरू त सबै ज्वाडेक्षरूछन लेखमा!भन्दै मलाई बोलाउँछ।जान्दिन म तास खेल्न पनि हजूर भनेर उत्तर दिएं।आउ हामि सिकाउँला भन्दै त्यो ब्याक्ति खुबै जिद गर्छ।मलाई बास दिने मन छैन मने म गै हाल्छु तर यसरी तंग नगरौँ,नत मैले रक्सि पिन्छु न तास खेल्छु बुझ्नु भयो!भन्दै अलि चर्किएं।महिलाले होईन होईन यँहालाई केहि नभन है भन्दै उनिहरूलाई भनि।
उनिहरूको ब्यबहारले मलाई अत्यान्तै संकोचमा पाय्रो।
म सिक्वा बाट कतै गईन छाताको तिको चुच्चो उतै फर्काएर बसि रहें।अलि बेरका त्यँहा मादल बज्न थाल्यो र दोहोरी गीत सुरू भयो।
मातेका मान्छेहरू कहिले भाउँजु म लग्छु तिमिलाई हिंड भन्छ कहिले तिम्रो छोरि सँग बिहे गर्छु भन्छन।उनिहरू रातैभरी चलाचल थियो मलाई निन्द्रा पटक्कै लागेन लागोस पनि कसोगरि लागोश।जसरी तसरी रात गुजारें त्यो रात कहिले पनि भुल्न सक्दैन।बिहानको झिसमिसेमा उठेर आफ्नो भारि बोकें अनि घरतिर लागें।

चर्चामा

सम्बन्धित समाचार