अब तिम्रै आवरणभित्र चिरफार हुनुपर्छ
जवाफ देही त सधै हाम्रै सरकार हुनुपर्छ, उसैको लाप्रवाहीले देश कर्जदार हुनुपर्छ। विकासका मुद्धामा मैत्रिपूर्ण छफल गरौँ, किन सडक र सदनमा मारामार हुनुपर्छ। प्रचार गर्छ पसुपतिनाथ उत्तराखण्डभित्र, निशानामै काठमाण्डौको दरबार हुनुपर्छ। धिकार छ नेता देशका हौ की बिदेशका, तिमीहरूले गर्दा नै देश नाङ्गेझार हुनुपर्छ। वेइमान धेरै देशका गद्धार भएर बाँचेका, अब तिम्रै आवरणभित्र चिरफार हुनुपर्छ। […]