शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • कला /साहित्य
  • सुरेश कुमार पाण्डेका केही गजलहरु

सुरेश कुमार पाण्डेका केही गजलहरु

  • बिहिबार, पुस २६, २०८०
सुरेश कुमार पाण्डेका केही गजलहरु

खुब उध्दुम मचाए भनेर क्रान्तिकारी आन्दोलन्,
सोझा वेरोजगार युवाहरू लाई नारी आन्दोलन्।

जनतालाई बनाए उल्लु पुगे संसदमा बने मन्त्री,
भन्छन् फेरी नि क्रान्तिकारी छ जारी आन्दोलन्।

हामिलाई त भेंडा र बनाए बलिकै बोका नेताले,
अँझै गर्छौँ भन्छन् मैदानमा उतारी आन्दोलन्।

एउटा राजा फाले र कयौं राजा बने लुट मचाए,
अब समाजवाद लेउँन गर्छौँ तैयारी आन्दोलन्।

कुहिराको काग भयो आज अँझै होस आएन खै,
पतन भयो उहिल्यै पुगेर सिमा पारी आन्दोलन्।

कसैले पेसा बनाए अनी कसैले प्रणा दिए देशमा
देश घायल भयो बन्यो छुतकै बिमारी आन्दोलन्।

गजल:

आ-आफ्नो कम्जोरीले हार्छन् जन दरबार बाट,
फेरी बोलावा आउँछ उनै नेतालाई सरकार बाट।

परिवार वादमा देशको राजनीति संसार लजायो,
देख्दा यिनी सिर्श नेताको घृणित ब्यवहार बाट।

सरकारको सेरोफेरोमा घुम्छन् यी छमछम नाच्दै,
कसरी मुक्ति हुन्छ यस्तो नीतिगत भ्रष्टाचार बाट।

देश देश रहेन बन्यो विदेशीको अखाडा सधैभरी,
खतरामै रहिरह्यो स्वाभिमान यी दोकानदार बाट।

बुजुर्वा गणतन्त्रकै पनि कुनै नियम त हुनुपर्ने हो,
कसरी चल्छ देश बिना नीतिको यो औजार बाट।

जनता आहाल भए देश घायल भयो कुनिति ले,
अब मुक्त बनाउँ देश राजनीतिको ब्यपार बाट।

गजल:

विवेकसिल भन्छन् अन्तिम समयसम्म कुरा बुझ्दैनन्
मानिसले समाज बिकासको बारेमापनि पुरा बुझ्दैनन्।

रोजी बेटीको साइनो लगाउँनेहरू छन् कस्ता कस्ता,
मुखमा राम राम तर कोखामा राख्छन् छुरा बुझ्दैनन्।

भ्रम जालमा पर्छन् पटक पटक ठोकिने जीवन भरी,
सबै छाडेर जानै पर्छ यही समाजमा अधुरा बुझ्दैनन्।

पुरूष प्रधान समाजमा आफ्नो हक अधिकार खोजे,
तर कटपुत्ली बनाउँन दिएकै हो लाली चुरा बुझ्दैनन्।

असमान सन्धि गर्छन् नेताहरूले देश बनाउन फिजि,
छिमेक बाट बोकेर आउँदैछन् कुम्ला कुटुरा बुझ्दैनन्।

राष्ट्रघात त यही सरकारले पनि कति गर्यो कति हेरौँ,
त्यत्तिकै कहाँ आएको होर भैंशा नश्ल मुर्रा बुझ्दैनन्।

चर्चामा

सम्बन्धित समाचार