शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • कला /साहित्य
  • दलदलभित्र हुर्किएकै मानिसलाई केभनौं

दलदलभित्र हुर्किएकै मानिसलाई केभनौं

  • बिहिबार, पुस १२, २०८०
दलदलभित्र हुर्किएकै मानिसलाई केभनौं

अचेल किन कामरेड भनाउँन लाज लाग्छ
आफुलाई कम्युनिष्ट जनाउँन लाज लाग्छ।

अंधविस्वास कुरितीको रास माथि बसेका,
त्यसैले भौतिकवादी बनाउँन लाज लाग्छ।

देवी देवता र धामी झांक्री समेत मान्नै पर्ने,
गर्दै आयौँ देवाली न मनाउँन लाज लाग्छ।

जानेमन लाग्दैन् रक्सि तन्काए पछि सभा,
नसाको मातमा डुङ्ग गनाउँन लाज लाग्छ।

दलदलभित्र हुर्किएकै मानिसलाई केभनौं,
अब आफुलाई सफा बनाउँन लाज लाग्छ।

यो रातो झण्डा त मागिखाने भाँडो मात्र हो,
ब्यवहारमा कम्युनिष्ट छनाउँन लाज लाग्छ।

चर्चामा

सम्बन्धित समाचार