शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • कला /साहित्य
  • सत्ता र भत्ताको खेलमा उपयोग भए

सत्ता र भत्ताको खेलमा उपयोग भए

  • शुक्रबार, पुस २०, २०८०
सत्ता र भत्ताको खेलमा उपयोग भए

खेलैखेलमा क्रान्तिकारी योजना फेल गराए,
अवसरबादले आफुलाई दुष्टको रखेल गराए।

संघार सम्म पुगेकै थियौं आमूल परिवर्तनको,
धेरै लाई मराए अनि कसैलाई जेलनेल गराए।

सत्ता र भत्ताको खेलमा उपयोग भए जनता,
सत्ताकै साझेदारी समेत सधैभरी वेमेल गराए।

सहीदको खेती गरे उनैको रगतमा पौडी खेले,
भ्रमित पार्न उखानमै पानी जहाज रेल गराए।

अपराधीको बिगबिगी देश भित्र के गरौँ हामी,
भ्रष्टाचारीकै भेल भयो सोझालाई जेल गराए।

रोजगार सुन्य भयो देश नै गराए युवा बिहिन
बिदेश जान राजधानीमा युवा पेलापेल गराए।

चर्चामा

सम्बन्धित समाचार