बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • कला /साहित्य
  • अन्याय अत्याचार बढ्यो निसानामा निर्दल भयो

अन्याय अत्याचार बढ्यो निसानामा निर्दल भयो

  • मङ्लबार, पुस २४, २०८०
अन्याय अत्याचार बढ्यो निसानामा निर्दल भयो

अन्याय अत्याचार बढ्यो निसानामा निर्दल भयो,
आयो बहुदल र आपसमा नै दिनदिनै कल भयो।

मानिसलाई लोभले यति सम्म गरायो हिंजो आज,
नीति सिधान्त उस्को ब्यवहारबाटै वेदख्खल भयो।

देश र जनताको लागि भनेर सहीदको भयो खेती,
गणतान्त्रिक ब्यवस्था भित्र समस्याको भल भयो।

राष्ट्र भक्ति र क्रान्तिकारी चर्का नारा लगायौँ सधै,
संसदमा राष्ट्रको न जनताको बारे छलफल भयो।

बरू राष्ट्रिय सम्पदालाई निजीकरण गर्नथाले छन्,
देशको ढुकुटी नै नेताको नाममा चल अचल भयो।

फेरी कुर्लियो एकहुल भन्छ पुरानै ब्यवस्था ल्याऊँ,
हाम्रो देशभित्र सधै गृहयुद्ध हुँने नीति अटल भयो।

भ्रष्टाचारी अपराधीलाई सम्मान हुँदा अमिलो हुन्छ,
देशभक्तका लागि बिद्रोही हतियार नै गजल भयो।

चर्चामा

सम्बन्धित समाचार