शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • कला /साहित्य
  • स्वर्गतुल्य लाग्यो म जन्मिएकै गाउँमा

स्वर्गतुल्य लाग्यो म जन्मिएकै गाउँमा

  • मङ्लबार, पुस १७, २०८०
स्वर्गतुल्य लाग्यो म जन्मिएकै गाउँमा

उत्खनन् हुन्छ ढुङ्गा सरकारलाई खबर हुँन्न,
हिँजो खोला हिंड्ने ठाउँमा आज बगर हुन्न।

बाढी पहिरो आउँछ ज्यान जान्छ अकालमै,
यो गाउँमा कुनवेला रूव़ाबास हुन्छ भर हुन्न।

मानिस त्यत्तिकै कहाँ पुज्छन् ढुङ्गाहरू यहाँ,
अन्धविस्वास गर्ने त कसैलाई पनि रहर हुन्न।

जहिले पनि भ्रष्टाचार छ उस्तै लडाई झग्डा,
यस्तो अगत्तिलो त कुनै देशको पिक्चर हुन्न।

भन्छन् भुइजाल निरोधक घर बनाउँनु हामी,
ढुङ्गा माटोले बनाएको जस्तै बलिय घर हुन्न।

आज स्वर्गतुल्य लाग्यो म जन्मिएकै गाउँमा,
त्यो भन्दा अमूल्य आफुलाई कुनै अफर हुन्न।

चर्चामा

सम्बन्धित समाचार