शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • शिक्षामा डामाडोल छ निजिकरणले देशमा

शिक्षामा डामाडोल छ निजिकरणले देशमा

  • शुक्रबार, मंसिर २९, २०८०
शिक्षामा डामाडोल छ निजिकरणले देशमा

सधैभरी मञ्चमा नेताहरूकै बकवास हुन्छ।
आर्कैको देश जोगाउँदा युवाको लास हुन्छ।

ए सरकार भन कीन मुकदर्शक बनेर बस्यौ,
हाम्रै देशभित्र किन यो समस्याकै रास हुन्छ।

चोरको समेत चौकिदार बन्नुपरेको छ हामि,
न यो देशमा विकास हुन्छ न निकास हुन्छ।

तुच्छ भन्दा तुच्छ काम गराउँछन् खुराक मा
स्वतन्त्र देशको नागरिक अर्कैको दास हुन्छ।

शिक्षामा डामाडोल छ निजिकरणले देशमा,
बिदेशी भाषा पढ्दा छोरा झ्यासै पास हुन्छ।

बिदेशीले घेरिसक्यो आफ्नो देश छैन थाहा,
एउटै सन्तानमा जात जातिको तमास हुन्छ।

चर्चामा

सम्बन्धित समाचार