शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • कला /साहित्य
  • सधै हाम्रो सरकार बिदेश मै निर्भर हुन्छ

सधै हाम्रो सरकार बिदेश मै निर्भर हुन्छ

  • शनिबार, पुस ७, २०८०
सधै हाम्रो सरकार बिदेश मै निर्भर हुन्छ

अर्कैको देश जोगाउँदा छोरा अमंर हुन्छ,
उसैले चुनेर पठाएको नेता वेखबर हुन्छ।

देशले मजदुर जन्मायो निडर र विर बने,
सधै हाम्रो सरकार बिदेश मै निर्भर हुन्छ।

देशभक्तहरू बाँचन पाउ्दैनन् यो देशमा,
न नागरिकको शुरक्षा न राम्रै कदर हुन्छ।

सुन्दैन जती मूर्दावादका नारा लगाएपनि,
गगनभेदी नाराहरूले त यो वेअसर हुन्छ।

जनतालाईपनि किन उनैलाई चुन्नुपर्छ खै,
जतिठेंश लाग्छ उत्ती ठोक्किने रहर हुन्छ।

रातोँरात सुक्छन् खोला जान्छ पानी कता,
सुकेको खोला बिक्छ न त्यहाँ बगर हुन्छ।

चर्चामा

सम्बन्धित समाचार