• होमपेज
  • समाज
  • संचारकर्मी जोशीको नाजवाफ सार्वजनिक

संचारकर्मी जोशीको नाजवाफ सार्वजनिक

  • आइतवार, मंसिर २४, २०८०
संचारकर्मी जोशीको नाजवाफ सार्वजनिक

बाजुरा– संचारकर्मी  नहकुल जोशीको उपन्यास नाजवाफ आइतबार एक कार्यक्रमका विच सार्वजनिक गरिएको छ । सुदुरपश्चिमको राजधानी धनगढीमा आयोजित एक समारोहमा उक्त पुस्तकको विमोचन गरिएको हो । सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीद्धारा उक्त उपन्यासको सार्वजनिक गरिएकाे जनाईएकाे छ । विगत लामो समयदेखि पत्रकारीतामा कलम चलाउदै आएका र हाल शिक्षण पेशामा आवद्ध जोशीको यो पहिलो कृति हो ।
राज्यब्यवस्था परिर्वतनका निम्ती तत्कालिन खस साम्राज्यको योगदान र उपलब्धीमा आधारित रहि यहाँका समस्या, कुप्रथा, विकास निमार्ण र जनजीवनका बारेमा उपन्यासमा चित्रण गरिएको छ ।
जनताको जीवनस्तर र ब्यवस्था परिर्वतनका निम्ति खस साम्राज्यको योगदान प्रसस्तै भए पनि विकास निमार्ण र मानिसको जीवनस्तर फेरिनेकुरामा राज्यको ध्यान नगएको तर्फ उपन्यासले इङिगत गरेको छ । युद्धको समयलाई देखेको, भोगेको र अनुभव गरेको अलग अलग पुस्ताले दुई दशकसम्म पनि परिर्वतनको महशुस नगर्नुले ब्यवस्था फेरिदैमा जनताको अवस्था फेरिदैन भन्ने तर्फ आज आम मानिसमा प्रश्न उठिरहेका बेला त्यस्तै प्रश्नको घोचपेच रहेको उपन्यास बजारमा ल्याउन सफल भएको बताइएको छ ।
माया प्रेम संगै विद्यमान मौसमी बसाईसराइ, छुवाछुत, छाउपडि, बहुपति प्रथा लगायतका दर्जनौं प्रथा र समस्याहरुलाई मुख्य प्रश्नका रुपमा उठान गर्दै सुदुर कर्णालीका समृद्धिका दिन कहिले आउन्छन भन्ने कुरा उपन्यासमा समेटिएकाे  र उक्त पुस्तकका समिक्षकहरूले बताए । युद्ध साहित्य भित्र सामाजकि जनजीवनको तारकिक चित्रणले उपन्यास पठनिय रहेको उनिहरूकाे  भनाई रहेकाे थियाे ।
हामी सबै एकै मानव हौं भन्ने भावनाको विकास समेत नभएको तर्फ उपन्यासले मुख्य रुपमा प्रश्न उठाएको लेखकले बताए । अन्र्तरजात भएकै कारण प्रेम सफल नभएको, लेकाली भेगमा वस्ने मानिसहरुले भोग्ने समस्या, अपहेलित खस भाषाको सम्मान आवश्यक रहेको उनको भनाइ छ ।

चर्चामा

सम्बन्धित समाचार