शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • कला /साहित्य
  • बाजुराका जनता सेवा कहिले पाउँछन् (गजल)

बाजुराका जनता सेवा कहिले पाउँछन् (गजल)

  • शुक्रबार, पुस १३, २०८०
बाजुराका जनता सेवा कहिले पाउँछन् (गजल)

गजल :-१
१२ महिनामा ६ महिना चल्ने राेडछन् मेरो बाजुरामा ।
झ्याप्प आउने झ्याप्प जाने बत्ति जाेड्छन् मेराे बाजुरामा ।

शिक्षा ले त काला अक्षर भैंसी बराबर छन् बाजुराका नागरिक ।
पठाई लेखाइ राक्षरतामा पहिले कै परौड छन् मेराे बाजुरामा ।।

बिकास भने कहिल्यै हुँदैन् झन् झन् उदाे गति हुँदै छ ।
काँ हाल्छन् काे खान्छन् याेजना त कराेड छन् मेराे बाजुरामा ।।

बाटाे बनाउछु बाह्रै महिना गाडि गुडाई सेवा दिन्छु भन्छन् ।
ठेक्का लिई ठेकेदारले नबनाएका पहिराे बग्ने राेड छन् मेरो बाजुरामा ।।

नीति तथा कार्यक्रममा पर्यटन र प्रबंधनलाई जाेड दिन्छु भन्छन् ।
बजेट सबै हसुर्छन् काम नलाग्ने बाेड छन् मेराे बाजुरामा ।।

गजल :-२
जनता भेला कुटा कुट धुकालकाे कुईराे छ मेरो बाजुरामा ।
तिहार तिउबार महाेत्सवमा लडाइँको धुईराे छ मेरो बाजुरामा ।।

चुनाव जिते भयाे राम्रो नराम्रो केही बुझ्दैन् बाजुराका जनता।
घुस खाने आफ्ना पार्टीका नेतालाई बधाई काे उईराे छ मेरो बाजुरामा ।।

भाँटा बजाई बुद कब्जा गरि चुनाब जित्छन् बाजुराका ठुलाबडा ।
आफै लडाउछन् युवा मार्या भनि एक अर्काकाे खुईराे गर्नेछन् मेरो बाजुरामा ।।

खेल मैदान छैन् ती गुड्ने गाडि राख्ने ठाउँ पनि छैन् ।
गाडि माटेर पनि सडककाे छेउछाउमा उईरै छ मेरो बाजुरामा ।।

लडाइँ गर्छन् निर्दाेष एक जनालाई हानि पिट गर्छन्
एक जनालाई मार्न सबैजना काग झैं धुईराे छ मेरा बाजुरामा ।।

गजल :-३
देश कहाँ पुगि सक्याे कहिले थाहा पाउँछन् हाम्रो बाजुरामा ।
फाेन गर्न पनि मेला पाखा डाँडा धाउँछन् हाम्रो बाजुरामा ।।

सरकारकाे लाखौं कराेेडौ रकम लगानि हसुरेका छन् ।
लाउने ओईलाउने रकम खाने जैतुन खेति लाउँछन हाम्रो बाजुरामा ।।

भाेकमरि र महंगिले बाजुराका जनता मर्न लागि सके सरकार ।
खाद्यान्नमा टन्न चामल कहिले आउँछन् हाम्रो बाजुरामा ।।

युवा मारि चुनाव जिति जनताका आशा बाेकि कहाँ पुगे नेता ।
जनताकाे दु:खेकाे मनमा हर्षले खुसि कहिले छाउँछन् हाम्रो बाजुरामा ।।

केन्द्र बाट गठबन्धन गरि जनता मार्न ५ बर्षपछि आउलान ।
अर्कोलाई भाेट माग्न नेता गाउँ कहिले आउँछन् हाम्रो बाजुरामा ।।

लठ्ठी बजारि मान्छे काटपिट गर्नु अपराध भनी जनता ।
सधैंका लागि जनचेतना कहिले पाउँछन् हाम्रो बाजुरामा ।।

३ दिन लाग्ने अस्पताल र घन्टौं लाग्ने बिद्यालय छन् ।
गाउँमै पढ्न सुरक्षित बच्चा जन्माउन कहिले पाउँछन् हाम्रो बाजुरामा ।।

चर्चामा

सम्बन्धित समाचार