शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • युवा बिहिन भयो देश बिदेशीको मण्डि झैँ

युवा बिहिन भयो देश बिदेशीको मण्डि झैँ

  • बिहिबार, पुस ५, २०८०
युवा बिहिन भयो देश बिदेशीको मण्डि झैँ

के सुनाउँ मैले यो देशको हाल बेहाल छ,
साधन र श्रोत भएर पनि देश कङ्गाल छ।

कसरी भन्नौँ हाम्रो यो देश स्वत्र रहिरहला,
सिमानामा न कांडे तार छ नत पर्खाल छ।

उता चीन यता भारत दुई शक्तीकै बिचमा,
चेपुमै परेको एउटा स्वतन्त्र देश नेपाल छ।

हामिहरू आफ्नो स्वाभिमानको रक्षा गर्दा,
छिमेकीले भन्छ हाम्रो नजरमा हिमाल छ।

चुनाव हुन्छ सरकार बन्छन् गणतान्त्र भन्दै,
सरकारलाई देशको न जनताको खयाल छ।

युवा बिहिन भयो देश बिदेशीको मण्डि झैँ,
सडकमा जस्तै सदनमैपनि उस्तै बबाल छ।

दुःखलाग्छ आश्चार्य लाग्छ एक्किसौं सदिमै,
जातिय छुवाछुत देशमा उस्तै अनिकाल छ।

चर्चामा

सम्बन्धित समाचार