शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • कला /साहित्य
  • भन्छौ सर्वहारा गर्छौ पुँजीको खेती

भन्छौ सर्वहारा गर्छौ पुँजीको खेती

  • शुक्रबार, पुस ६, २०८०
भन्छौ सर्वहारा गर्छौ पुँजीको खेती

जसले देश र जनताको लागि रगत पोख्यो,
समय लगाएर आफ्नो अमूल्य मत पोख्यो।

उपक्षित छ आज त्यही अपहेलित छ आज,
अमूल्य जिन्दगीको त्यो सारा बखत पोख्यो।

गरिखाने वर्गकै हितमा सधै लडेको मानिस,
इमानदारि र पसिना ऊ सतप्रतिसत पोख्यो।

तिम्रो माग केथियो जो सहीदको खेति गर्यो,
खुलेआम आफ्नो र देशको इज्जत पोख्यो।

हो सत्ता र भत्ताकै लागि रहिछ तिम्रो बद्रोह,
भन वा नभन ब्यवहारमा हकिकत पोख्यो।

भन्छौ सर्वहारा गर्छौ पुँजीको खेती सधैभरी,
छर्लङ्गै भयो ब्यवहारमा आफ्नो लत पोख्यो।

चर्चामा

सम्बन्धित समाचार