डोटेली समाजको मौलिक पर्व गौरा
गौरा डोटेली समाजको महत्वपुर्ण चाडपर्व हो । गौराले हिमालयकी पुत्री गौरी अर्थात् पार्वतीलाई जनाउँछ । यस पर्वमा गौरामहेश्वरको व्रत र उपवासना गरिन्छ । गौरालाई गोरा, गोःरा, गमरा, गवँरा, लोलीगौरा, लोली गवँरा आदि नामले पनि चिनिन्छ । यो पर्व मुख्यतः सुदूरपश्चिम प्रदेशको डोटी, डडेल्धुरा, बैतडी, दार्चुला तथा भारतको उत्तराञ्चल राज्यको कुमाउ र गढवालमा मनाइने गरिन्छ । […]