आइतवार, मंसिर २३, २०८१
  • होमपेज
  • बडिमालिका
  • मार्तडी–कोल्टी सडककाे चुथी देखी खम्मडाँडा सम्म फागुनभित्र कालोपत्रे गरिसक्ने ठेकेदार कम्पनीकाे दावी

मार्तडी–कोल्टी सडककाे चुथी देखी खम्मडाँडा सम्म फागुनभित्र कालोपत्रे गरिसक्ने ठेकेदार कम्पनीकाे दावी

  • शुक्रबार, कार्तिक १६, २०८१
मार्तडी–कोल्टी सडककाे चुथी देखी खम्मडाँडा सम्म फागुनभित्र कालोपत्रे गरिसक्ने ठेकेदार कम्पनीकाे दावी

बाजुरा– बाजुराको मार्तडी देखि कोल्टी सडक अन्तरगत बडिमालिका नगरपालिका ७ चुथी देखी खम्मडाँडा सम्म फागुन सम्म कालोपत्रे गरिसक्ने ठेकेदार कम्पनीले जनाएको छ । तोकिएको समयमा ठेकेदार कम्पनीले काम नगर्दा सडक निर्माण कार्यमा ढिलाइ भएको गुनासो पछि मुख्य ठेक्का लिएको बाँनीया कोटेश्वर जे.बि प्रालि हेटौडाले यो बर्ष तिहार अगावै काम सुरु गरेको हो ।
दुई बर्ष पहिले नै कालोपत्रे हुनुपर्ने सो सडक बिबिध समस्याका कारण ढिलो भएकोमा यो बर्षको फागुन मसान्त सम्म कालोपत्रे गरिसक्ने गरि काम अगाडी बढाएको ठेकेदार धनलाल पाध्यायले बताएका छन ।
मार्तडी-कोल्टी सडक निर्माणका लागि २०७८ असारमै काम सम्पन्न गर्ने गरी २०७६ असारमा बाँनीया कोटेश्वर जे.बि प्रालि हेटौडाले सडक निर्माण कार्यको जिम्मा लिएको थियो । बाँनीया कोटेश्वर जे.बि प्रालि हेटौडाले बाजुराकै स्थानिय यज्ञ शाहीलाइ पेटी ठेकेदार बनाएर जिम्मा दिएको भए पनि काम हुन नसक्दा शाहीलाई हटाएर बाजुराकै अर्को ऋषीमाण्डौ निर्माण एण्ड सप्लायर्सलाई जिम्मा दिएको कम्पनीले जनाएको छ ।
मार्तडी बसपार्क देखि चुथीको झन्डै ९ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । चुथी देखि ढम्कने खम्म डाडाँसम्म झन्डै ६ किलोमिटर र ढम्कने देखि कोल्टी सम्मको २६ किलो मिटर सडक बाँनीया कोटेश्वर जे.बि प्रालि हेटौडाले ६२ करोडमा जिम्मा लिएको छ ।
मार्तडी देखि कोल्टी सम्मको ४२ किलोमिटर सडक कालोपत्रे गर्नका लागि ८५ करोडमा ठेक्का भएको हो । मार्तडी कोल्टी सडक अन्तरगत दाेस्राे सेक्सन चुथी देखी खम्म डाडा र तेस्राे सेक्सन ढम्कने देखी काेल्टीसम्मकाे निर्माण कार्यमा निकै ढिलाइ भएपछि अहिले ठेकेदार कम्पनीलाई चाँडो भन्दा चाँडो सडक निर्माणकाे काम सक्न  ताकेता गरिएको भौतिक पुर्वाधार कार्यालय अछामले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार