बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • त्रिवेणी
  • बाजुरा नेपाल शिक्षक संघ त्रिबेणीका सचिव शाहीले दिए पदबाट राजिनामा

बाजुरा नेपाल शिक्षक संघ त्रिबेणीका सचिव शाहीले दिए पदबाट राजिनामा

  • बुधबार, भदौ १५, २०७९
बाजुरा नेपाल शिक्षक संघ त्रिबेणीका सचिव शाहीले दिए पदबाट राजिनामा

बाजुरा — नेपाल शिक्षक संघ त्रिबेणी नगर कमिटि सचिव टेक बहादुर शाहीले कुनै पनि संघ संगठनमा आबद्ध नहुने गरी पदबाट राजिनामा दिएका छन । उनले एक बिज्ञप्ती जारी गर्दै स्वतन्त्र रहेको र अबका दिनमा कुनै पनि राजनितीक दलका संघ संगठनहरुमा आबद्ध नहुने बताएका छन ।
तोली देवलडाँडा माध्यामिक बिद्यालयमा कार्यरत शिक्षक शाहीले त्रिबणी नगरपालिकाले शिक्षक माथी बिबेद गर्दै आएको र नगर कार्यपालिकाले शिक्षकहरुको कुरा नसुन्ने, सुने पनि कार्यन्वयन नगरिदिने शिक्षकहरुलाई हेपाहा प्रबिद्धीले हेर्ने नेपाली काँग्रेसकै सरकारबाट अपहेलाना हुन ुपरेकोले अबका दिनदेखी सो संगठनमा नरहने बिज्ञप्तीमार्फत बताएका छन ।
नेपाली काँग्रेसको भातृ संगठनको रुपमा रहेको नेपाल शिक्षक संघमा २०६८ देखी आबद्ध रहेका शाहीले पार्टीका निहित स्वार्थ, चुनाव र अबिधेशनका बेला मात्रै पार्टीले सम्झीने अन्य समयमा शिक्षकका कुरा नसुन्ने लगायतका कार्य पार्टीले गर्दै आएकोले अवका दिनदेखी कुनै पनि पाटीका संगठन र गतिबिधीमा संलग्न नरहने बिज्ञप्ती मार्फत जनाएका छन ।
नगरपालिकामा पटक पटक शैक्षिक गुणस्तरका कुरा उठाउदा स्थानिय सरकार र हजुरीया माथिल्लो अहोदाका शिक्षक नेताहरुका कारण यो संगठनमा बस्न उचित नरहेको भन्दै उनले बिज्ञप्तीमा उल्लेख गरेका छन ।
जुन सुकै संघ संगठनमा आबद्ध भए पनि पेशा प्रतिको उत्तरदायित्व सम्झेर काम गरिरहदा त्रिबेणी नगरपालिका भित्र रहेका हजुरीया शिक्षक नेताहरुबाटै अपहेलित हुनको पिडाले झन अबल्ल साबित गर्दै कुनै पनि संगठनमा नरहे पनि शिक्षा क्षेत्रको बिकास पेशा प्रतिको बफादारीताका लागि लडिरहने उनले बिज्ञप्तीमा उल्लेख गरेका छन ।
आफ्नै पार्टीको नेतृत्व रहेको त्रिबेणी नगरपालिकामा पटक पटक शिक्षा क्षेत्रको बिकासका लागि पैरीवी वकालत गर्दा पनि कुनै सुनुवाई नहुदा सो पार्टीको कार्यक्रता भएर बस्न उचित नभएकोले नेपाल शिक्षक संघको त्रिबेणी नगरसमितिको सचिवबाट राजीनामा दिन बाध्य भएको उनले बिज्ञप्ती मार्फत बताएका छन ।

No description available.

चर्चामा

सम्बन्धित समाचार