सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • देश
  • पैसा अभाबमा जगन्नाथका बालकेस दमाइ जिवनमरणको दोसाधमा

पैसा अभाबमा जगन्नाथका बालकेस दमाइ जिवनमरणको दोसाधमा

  • बिहिबार, भदौ १६, २०७९
पैसा अभाबमा जगन्नाथका बालकेस दमाइ जिवनमरणको दोसाधमा

बाजुरा — बाजुराको जगन्नाथ गाउँपालिका ६ तल्लो काप्रिमा बस्ने ३८ बर्षिय बालकेस दमाई पैसा अभाबमा जिवनमरणको दोसाधमा रहेका छन् ।
दुवै मृगौला फेल भएका उनि एक महिनादेखि वीर अस्पतालमा उपचारमा छन् । पैसा अभाबमा बालकेस समस्यामा परेका छन् । साहु बाट चर्को ब्जाजमा रिन निकालेर काठमाडौ उपचारमा पुगेका बालकेस दमाइको उपचारमा आर्थिक समस्या भएको स्थानिय हिरा बहादुर रोकायाले वताएका छन् । गाउँले आफन्तले जेनतेन गरेर उपचार गरिरहेको भएपनि औषधि किन्न निकै समस्या भएको उनले वताए ।

उनको अहिले दैनिक १ हजार भन्दा बढी खर्च भइरहेको छ । अलिअलि गाउँलेले चन्दा संकलन गरेर अहिले सम्म जेनतेन उपचार गरिरहेको आफन्तले वताएका छन् । अहिले उनि अस्पतालमा डाइलोसिस गरिरहेका छन् । डाक्टरको रिपोर्ट र सल्लाह अनुसार दुवै मृगौला फेल भएकाले तल्काल फेर्नु पर्ने बताएका छन् । बालकेसले भने औषधि किन्न देखी अन्य उपचारमा पैसा नहुदा उपचार नभएर मर्नुभन्दा अर्को बिकल्प नभएको वताए ।

कहिले अस्पतालमा राख्ने गरेका छन् । अस्पतालले घर पठाए, महँगो कोठा भाडामा लिएर बालकेसलाई राख्ने गरेका छन् । अस्पताल जान आउने कोठा भाडा तिर्ने समेत पैसा नभएको बालकेसले वताएका छन् ।
बालकेसलार्ई एउटा मृगौला दिन उनकि श्रीमति तयार रहेकी छन् । एउटा मृगौला प्रत्यारोपण गर्न लाखौ खर्च लाग्ने भएकाले उनको उपचारमा समस्या भएको हो । बालकेस दलित तथा अति बिपन्न परिवार हुन् । अर्काको ज्याला मजदुर गरेर परिवार पाल्ने गरेका थिए ।

बालकेस नै बिरामी भएर जिवनमरणको दोसाधमा पुगेपछि उनको परिवार समेत निकै बिच्चलीमा परेको छ । उनको परिवार बालकेसको उपचार सहयोग गरिदिनका लागि हारगुहार गरिरहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार