शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • राजनीति
  • काँग्रेस बाजुराले प्रदेश क बाट २ जना र ख बाट ५ जनाको नाम सिफारिस

काँग्रेस बाजुराले प्रदेश क बाट २ जना र ख बाट ५ जनाको नाम सिफारिस

  • आइतवार, भदौ १९, २०७९
काँग्रेस बाजुराले प्रदेश क बाट २ जना र ख बाट ५ जनाको नाम सिफारिस

बाजुरा — नेपाली काँग्रेस बाजुराले प्रदेश क र ख बाट प्रदेश सभाको लागि उम्मेदवार सिफारिस गरेको छ । दुइदिन सम्म चलेको बैठकले प्रदेश क बाट दुई जना र ख बाट ५ जनाको नाम सिफारिस गरेको हो ।
प्रदेश क बाट जनकराज गिरी र नारायण पाध्यायको नाम सिफारिस भएको छ । प्रदेश ख बाट चक्र शाह, दिपक शाह, पदम बहादुर शाही, रामसिं रावल र सुरेन्द्र नाथ योगीको नाम सिफारिस गरेको काँग्रेस बाजुरा सचिब भरत बहादुर रोकायाले वताएका छन् ।
काँग्रेसको बिधान अनुसार प्रदेशमा एकजना महिला र एकजना पुरुष गरि दुइ जनाको नाम सिफारिस गनुपर्ने भएपनि सबैजना पुरुष मात्र सिफारिस भएका हुन् । प्रत्यक्षमा कुनै महिालको दाबि नभएपछि पुरुष मात्र सिफारिस गरेको काँग्रेस बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार