शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • सहमति नभएपछि प्रतिनिधि सभाका लागि काँग्रेस बाजुराबाट ७ जनाको नाम सिफारिस

सहमति नभएपछि प्रतिनिधि सभाका लागि काँग्रेस बाजुराबाट ७ जनाको नाम सिफारिस

  • आइतवार, भदौ १९, २०७९
सहमति नभएपछि प्रतिनिधि सभाका लागि काँग्रेस बाजुराबाट ७ जनाको नाम सिफारिस

बाजुरा — सहमति नभएपछि प्रतिनिधि सभाको लागि नेपाली काँग्रेस बाजुराले ७ जनाको नाम सिफारिस गरेको छ । नेपाली काँग्रेसको बिधानमा २ जना पुरुष एक जना महिलाको नाम प्रतिनिधि सभाको उम्मेदवारका लागि सिफारिस गनुपर्ने प्राबधान रहेको छ । तर सहमति नभएपछि ७ जनाको नाम सिफारिस गरेको पाटि सचिब भरत बहादुर रोकायाले वताएका छन् ।
नेपाली काँग्रेसका सहमहामन्त्रि बन्द्रि पाण्डे, नेपाल सरकारका महान्यायाधिवक्ता खम्म बहादुर खाति, मान बहादुर रावल, कबिराज पण्डित, जनकराज गिरी, शेर बहादुर खाति र डा.अंगराज तिमिल्सेनाको नाम जिल्ला कमिटिले सिफारिस गरेको हो । बिद्यान अनुसार ३ जना पठाउने हो, तर ७ जनाले दाबि गरेपछि सबैको नाम निर्णय गरेर पठाएको सचिब रोकायाले वताएका छन् ।
जनकराज गिरिको नाम प्रदेश क बाट प्रदेश सभाको उम्मेदवारका लागि पनि सिफारीस भएको छ । दुइ दिन सम्म बसेको बैठकले सहमति नभएपछि अन्तमा सबैजनाको नाम सिफारिस गरेको हो । सिफारिस भएका कबिराज पण्डित, खम्म बहादुर खाति, शेर बहादुर खाति र डा.अंगराज तिमिल्सेना देउवा पक्षका हुन् । बद्रि पाण्डे र मान बहादुर रावल कोइराला पक्षधर हुन् । जनक राज गिरी भने काँग्रेस जिल्लाको अधिबेशनमा कोइराला पक्षमा उभिएका थिए, केन्द्रिय अधिबेशनमा भने देउवा पक्ष बाट केन्द्रिय सदस्य लडेका थिए ।

चर्चामा

सम्बन्धित समाचार