शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • क्यान्सर पिडीत प्रकाश सार्कीको सहयोगका लागि करिव ३ लाख संकलन

क्यान्सर पिडीत प्रकाश सार्कीको सहयोगका लागि करिव ३ लाख संकलन

  • मङ्लबार, भदौ १४, २०७९
क्यान्सर पिडीत प्रकाश सार्कीको सहयोगका लागि करिव ३ लाख संकलन

बाजुरा — बडिमालिका नगरपालिका ३ रजालि बस्ने भिडि सार्की २० बर्षको छोरा क्यान्सर पिडित प्रकाश सार्कीको उपचारका लागि २ लाख ८७ हजार ६ सय ३६ रुपैया संकलन भएको छ ।
शार्कीकी आमा भिडि शार्कीले छोरो बचाउनका लागि सदरमुकाम मार्तडीमा गुहार गरेपछि समाज सुधार युवा क्लवले अभियान मार्फत सो रकम संकलन गरेको हो । युवा क्लवका प्रसाद रावल, प्रकाश खड्का र प्रेम नेपाली लगायतको टोलीले सो रकम संकलन गरेको जनाएको छ । उनीहरुले संकलन गरेको मध्य १ लाख ४ हजार ५ सय ६० रुपैयाँ उपचारका लागि आफन्तलाई यस अघि नै हस्तान्तरण गरिसकेको युवा क्लवका अध्यक्ष प्रेम नेपालीले बताएका छन । युवाहरुले केही दिनमा देश तथा बिदेश र सदरमुकाम मार्तडीमा संकलन गरेको संकलन भएको रकम हस्तान्तरण गरेको नेपालीले बताए ।

बाकी रहको १ लाख ८३ हजार ७६ रुपैया केही दिनमै आफन्तलाई हस्तान्तरण गर्ने प्रकाश खड्काले बताएका छन । यो संगै अभियानलाई स्थगित समेत गरिएको क्लवका अध्यक्ष प्रेम नेपालीले बताएका छन । भिडीको २० बर्षको छोरा प्रकाश सार्की शुशिल कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा जिवन मरणको दोसाधमा रहेका छन् । उनको आर्थिक स्थिती कमजोर भएकोले उनकी आमाले सहयोगका लागि हारगुहार गर्दा युवाहरुले  बडिमालिका खवरकाे समन्वयमा अभियान मार्फत समाज सुधार युवा क्लव मार्फत अभियान संचालन गरिएको अध्यक्ष नेपालीले बताए ।

डडेल्धुरा अस्पताल बाट रिफर गरेका प्रकाशको अहिर्ले शुशिल कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा उपचाररत रहेका छन । जिवनमरणको दोसाधमा रहेका सार्कीको उपचारका लागि थप अभियान समेत गरी उठाएको रकम केही दिई सकेको र बाकी पछिल्लो हप्ता अपरेशन हुने भएकोले केही दिनमै हस्तान्तरण गरिने बताएका छन । गत पुषमा बुवा जया सार्की गुमाएका प्रकाश अहिले आफै मृत्युको शै्यामा तड्पिरहेका छन् । प्रकाशकी आमा भिडी अहिले छोरा बँचाउनका लागि भौतारिरहेको अबस्थामा क्लवले ठुलो सहयोग गरेको आफन्तहरुले बताएका छन ।
शुशिल कोइराला क्यान्सर अस्पतालले अहिले किमो चलाएर अप्रेसन गरेको घाउ सुक्न लगाउने त्यसपछि मात्र अप्रेसन गर्ने वताएको छ । प्रकाशलाई किमो चलाउन देखी अस्पतालमा एक बोतल पानि किन्ने पैसा नभएको अबस्थामा क्लवले अभियान मार्फत सो रकम संकलन गरीदिएको प्रकाश खड्काले बताए ।
पेट दुखेर अछामको बयलपाटा अस्पताल पुगेका प्रकाश डडेल्धुरा अस्पताल हुदै शुशिल कोइराला क्यान्सर अस्पतालको शै्यामा तड्पिरहेका छन् । उनको परिवार क वर्गको गरिब परिवार रहेका छन । भिडीका ७ जना परीवार रहेका छन् ।

चन्दादाताकाे नामावली 

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

चर्चामा

सम्बन्धित समाचार