शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका पाटनमा डोजर, सडकका नाममा पाटन छियाँछिया

बडिमालिका पाटनमा डोजर, सडकका नाममा पाटन छियाँछिया

३ किलोटिर बढी जंगल फडानी

  • शनिबार, भदौ १८, २०७९
बडिमालिका पाटनमा डोजर, सडकका नाममा पाटन छियाँछिया
तस्बिर : गोबिन्द्र थापा

बाजुरा–धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिका पाटनमा डोजर मार्फत सडक निर्माण भइरहेको छ । डोजर मार्फत बडिमालिका क्षेत्रका पाटनहरु छियाँ छिया पारेर सडक निर्माण भइरहेको छ ।
मार्तडी बडिमालिका पर्यटकीय सडकको नाम दिइएको उक्त सडकमा स्थानिय सरकार, प्रदेश र संघ सरकारको समन्वय तथा सहयोगमा बडिमालिका जाने सडक निर्माण भएको हो । स्थानियले फुलचढाउने अगाडि सडक नलिने भन्दै बिरोध गरेको भएपनि नगरपालिकाले फुलचढाउने देखी ४ किलोमिटर बढी सडक डोजर मार्फत खनेको स्थानियले नर बहादुर रावलले वताएका छन् ।
सडक सोता पाटन सम्म डोजर मार्फत खनेर पुयाइएको छ । स्थानियले फुलचढाउने भन्दा अगाडि सडक खन्दा पाटनको शौन्र्दयतामा समेत असर पर्ने भन्दै बिरोध जनाएका थिए, तर नगरपालिकाले मनोमानी तरिकाले डोजर मार्फत सडक खन्न लगाएको बडिमालिका ८ का निर्वतमान वडा अध्यक्ष प्रकाश रावलले वताएका छन् ।
फुलचढाउने भन्दा अगाडि सडक खन्दा खासै उपयुक्त नभएको तर नगरपालिकाले टेन्डर निकालेर काम भएको बडिमालिका नगरपालिका ईन्जिनियर हिक्मत रावलले वताएका छन् । डोजर मार्फत सडक खन्दा पाटन छियाँछियाँ भएको, पाटनको शौन्र्दयता समेत कुरुप भएको रावलले वताए । सोता पाटन सम्म पुगाइएको छ, अब त्यो भन्दा अगाडि भन्ने नबढाईने बडिमालिका नगरपालिकाले जनाएको छ ।
बिगत बर्षमा कागजमा वाताबरणीय मल्यांकन गरेको देखाउदै नगरपालिकाले ३ किलोमिटर बढी जंगल सडकका नाममा फडानी गरेको थियो । एउटा रुख काटे ५ वटा बिरुवा रोप्नुपर्ने भएपनि वाताबरणीय मुल्याकंनको नै नगरपालिकाले धज्जी उडाएको छ । ३ किलोमिटर बढी जंगल फडानी भएको भएपनि वन डिभिजन कार्यलय बाजुरा पनि बेखबर जस्तै भएको छ । उक्त सडक निर्माणमा हजारौ बिरुवा नष्ट पारेको हो ।
नगरपालिकाले वाताबरणीय प्रभाब मुल्याकंन गरेर सडक निर्माण गरेको दाबि भएपनि तर अध्ययन नगरेको पाईएको छ । पुर्वाधार कार्यलय साँफे बगरका प्रमुख रुद्ध बोगटीले भने गत आर्थिक बर्षमा उक्त सडकका लागि आफ्नो कार्यलय बाट काम भएको वताएका छन् । वाताबरणीय प्रभाब मुल्याकंन प्रक्रियामा रहेको बोगटिले वताएका छन् ।
एकातिर डोजर सडक खन्दा पाटन नै छियाँ छिया भएको छ, अर्कोतिर अध्ययन तथा योजना बिना सडक निर्माण भइरहेको छ । उक्त सडकको नयाँ ६. ६ किलोमीटर ट्रयाक खोलिएको हो, जसमा ४ किलोमिटर बढी पाटन क्षेत्र रहेको छ ।
फुलचढाउने सम्म सडक निर्माण हुनु ठिकै हो, तर त्यो भन्दा अगाडि डोजर प्रयोग गरेर सडक निर्माणले पाट छियाँ छियाँ भएको स्थानियको भनाई छ । देशकै चर्चीत धार्मिक तथा पर्यटकिय महत्व बोकेको बडिमालिका समुन्द्री सतहबाट ४ हजार २ सय १९ मिटर उचाइमा रहेको छ । बडीमालीका सौन्दर्यका हिसाबले मात्रै नभई धार्मिक हिसावले पनि महत्वपूर्ण मानिन्छ । नेपालका चार धार्मिक धाम मध्ये बडिमालिका एक धामका रुपमा परिचित रहेको छ ।
बडिमालिका क्षेत्र धार्मिक मात्र नभई जैविक विभिधता, बन्यजन्तु, जडिवुटी, तथा वाताबरणीय दृष्टीकोणले विषेश महत्व रहेको छ । पर्यटकिय सम्भाबना बोकेका २२ पाटन्, त्रिबेणि, नाटेश्वरी बडिमालिकाका धरोहरका रुपमा परिचित रहेका छन् ।
फोटो शौन्जय ः गोबिन्द्र थापा

चर्चामा

सम्बन्धित समाचार