बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • २४ बर्ष देखी पहिरोको त्रासमा गुईबन बासी

२४ बर्ष देखी पहिरोको त्रासमा गुईबन बासी

  • मङ्लबार, भदौ १४, २०७९
२४ बर्ष देखी पहिरोको त्रासमा गुईबन बासी

बाजुरा — बाजुराको खप्तड छेडेदह गाउँपालिका ४ गुईबनका १ सय २० परिवार बिगत २४ बर्षदेखी पहिरोको त्रासमा रहेका छन । खप्तड छेडेदह गाँउपालिकामा मात्र दर्जन बस्ति पहिरोको जोखिममा रहेको रहेका छन । सो मध्यकै सबै भन्द बढि पहिरोको जोखीममा रहेको गुइवन बस्ती रहेको गाउँपालिकाले जनाएको छ ।
२०४८ सालबाट सामान्य चिरा परेको गुईबन गाउँको मूनीको भिर भासिदै गएपछि १ सय २० परिवार पहिरोको उच्च जोखीममा रहदै आएका छन । खप्तड छेडेदह गाउपालिका ४ गुईबनको गाँउ माथिबाट २०५६ साल देखी गाउँ नजिकै पहिरो पुगेको स्थानीय कृष्ण बहादुर धामीले बताए । २०५६ साल देखी हामी निरन्तर यही पहिरोसंग लडीरहेका छौँ उनले बताए । उनले भने बर्षतको समयमा कहिलै राम्रोसंग न खाना खान पाउछाै न निदाउँन पाएका छौ, रातदिन जागाराम बस्ने गरेको उनले बताए । बाजुराका दर्जनौ बस्ति अहिले पनि पहिरोको उच्च जोखीममा रहेका छन ।

No description available.
हामीले ३ दशकसम्म पनि यही पहिरोको जोखीम मोलीरहेका छौ, स्थानीय रुपेश धामीले बताए । २०५६ साल देखी पहिरोको चपेटामा परेका गुइवनका नागरिकले २०६३ सालमा नेपाल रेडक्रस सोसाइटीको सहयोगमा एक कम्मल एक सरो लुगा र एक सरो आल्मुनियमका भाडाकुडा सहयोग भएको स्थानीय धामीले बताए ।हरेक बर्ष बर्षायाम सुरु भए संगै हामी कोही पनि घरमा बस्न सक्दैनौ गाउँ माथि र मुनीतिरको पहिरोको त्रासले लेकतिरका जंगलमा गएर बस्ने गरेको उनले बताए ।

बस्ति जोखिम र खेति योग्य जमिन तहसनहस हुँदा सम्म अहिलेको स्थानीय सरकार प्रदेश सरकार र संघिय सरकार कसैले नागरिकको सुरक्षामा ध्यान नदिएको स्थानीय प्रेम धामीले दुखेसो गरे । मतदानको समयमा सबै नेताहरु आए हाम्रो बासको निश्चितताको कुरा गर्यौ मतदान गर्यौ तर अहिले कोही नेता पनि गाउँको समस्याका बारेमा बोल्दैनन् स्थानीयले बडिमालिका खवरलाई बताएका छन । स्थानिय प्रेम धामीले भने गाउँका नागरिकलाई सुरक्षित बासको ब्यबस्थापन त कता हो कता खुला आकासमा बस्ने परिवारले एउटा त्रिपाल समेत पाएका छैनन राज्य र सरकारबाट हेपिएको बताए ।

No description available.
२०४८ सालबाट सुरु भएको पहिरोको जोखीमले गर्दा त्यहाका नागरिक समस्यामा पर्दा कसैको ध्यान नगएको पाईएको छ । गाउँपालिका भित्र धेरै बस्तीहरु रहेका छन र जोखीम बस्तीको रिर्पोट जिल्ला प्रशासन कार्यालयमा पठाएको खप्तड छेडेदह गाउँपालिकाले वताएको छ ।
गुइवनमा नाउली, पुरानापानी, मल्लागाउँ, चौताणी लगायतका बस्तीहरु रहेका छन । ती सबै बस्तिहरु पहिरोको उच्च जोखिममा रहेका छन् । त्यसै गरी साबिको बह्मतोला गाबिस हालको बुढिगंगा नगरपालिकाका बजेडी बह्मतोला, सेरा लगायतका बस्ती समेत जोखीममा पारेको छ । २०४८ सालमा जंगलमा आएको पहिरो २०५६ मा गाउँ नजिकै पुग्यो खेतबारी सबै बगाई सक्यो ।

पहिरो गाउ नजिकबाट बग्दै छ र गुईगाड सम्म सो पहिरोले लाखौँको क्षेती बनाएको स्थानीयले बताए । स्थानीय रुपेश धामीले भने गाउँको माथिबाट आएको पहिरो गाउँ नजिकै पुगीसकेको छ उनले भने । गुइबनको पहिरोले सो क्षेत्रमा रहेका एक दर्जन बढि बस्तीहरु जोखीममा रहेका छन ।

चर्चामा

सम्बन्धित समाचार