सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका र बुढिनन्दाका नगरप्रमुखको पहलमा मार्तडी कोल्टी सडक खोल्न पहल

बडिमालिका र बुढिनन्दाका नगरप्रमुखको पहलमा मार्तडी कोल्टी सडक खोल्न पहल

  • बिहिबार, भदौ १६, २०७९
बडिमालिका र बुढिनन्दाका नगरप्रमुखको पहलमा मार्तडी कोल्टी सडक खोल्न पहल

बाजुरा — बर्षातको समय सुरु भएदेखी अवरुद्ध भएको मार्तडी कोल्टी सडक खोल्न बडिमालिका  र बुढिनन्दा नगरपालिकाका नगर प्रमुखले   पहल गरेका छन । मार्तडी कोल्टी सडकको जिम्मा लिएका ठेकेदार कम्पनीहरुलाई सो सडक संचालनमा ल्याउन  सडक डिभिजन कार्यालय संग समन्वय गरेका हुन ।

स्याउको भण्डार मानिने बुढिनन्दा नगरपालिकाकाे पाण्डुैसनका कृषकहरुका स्याउ र  बडिमालिका नगरपालिकाकाे ढम्कनेका कृषकहरुका आलु र बन्दा बारीमै कुहिने र ढुवानीमा समस्या हुने भएकोले तत्काल सडक संचालनमा ल्याउन पहल भइरहेको बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्काले बताएका छन ।
बुढिनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहरा र मेरो समन्वयमा मार्तडी कोल्टी सडकका ठाउँ ठाउँमा गएका पहिरो हटाउन भनिरहेका छौ र केही दिनमै सडक डिभिजनका प्रतिनिध समेत आएर हेर्ने भनेका छन नगर प्रमुख खड्काले बडिमालिका खवरलाई बताएका छन । सडक डिभिजनस‌गंकाे समन्वयमा केही दिनमै साे सडक संचालनमा ल्याउने तयारीमा रहेकाे नगर प्रमुख खड्काले बताए ।
पाण्डुसैनको स्याउ बजार पुर्याउनका लागि समस्या भएकोले बुढिनन्दा नगरपालिका क्षेत्रको सडक खुलाउन आफुले पहल गरिरहेको बुढिनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराले बताए । अबरुद्ध भएको मार्तडी कोल्टी सडकको बिचमा गाडी चल्दै आएका र केही ठाउँमा पहिरोले सडक भाँसिएको छ ।

पहिरोले अबरुद्ध भएका ठाउँमा पहिरो हटाएर बडिमालिका नगरपालिकाका नगर प्रमुख खड्का र बुढिनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराको समन्वयमा संचालनमा आउने भएको बडिमालिका नगरपालिकाका प्रबक्ता धर्मराज पाध्यायले बताए । अहिले बिच बिचमा गाडी चल्दै आएको भए पनि पुणर् रुपमा संचालनमा ल्याउन पहल भईरहेको नगर प्रबक्ता पाध्यायले बताए ।

यस अघिका बर्षहरुमा दशैमा मात्र खाेलिने सडक याे बर्ष चाडै खाेल्न पहल गरेकाेमा स्याउ र आलु कृषकहरु भने उत्साहीत भएका छन । चाडै सडक संचालनमा आयाे भने कृषकका आलु र स्याउ ढुवानमी सहज हुने भएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार