बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • बडिमालिका
  • सेलाघाटका बाढी पिडितहरुलाइ बडिमालिलका नगरपालिकाले दियाे राहत

सेलाघाटका बाढी पिडितहरुलाइ बडिमालिलका नगरपालिकाले दियाे राहत

  • बुधबार, भदौ १५, २०७९
सेलाघाटका बाढी पिडितहरुलाइ बडिमालिलका नगरपालिकाले दियाे  राहत

बाजुरा —  बडीमालिका नगरपालिका वडा नं. ९ सेलाघाटका बाढी पिडितहरुलाइ बडिमालिका नगरपालिकाले राहत बितरण गरेकाे छ । श्रावण २०  सेलाघाटमा बाढीले घर छाना र खेतीयाेग्य जमिन बगाएकाेले केही राहत हाेस भन्ने उदेस्यका साथ राहत बितरण गरिएकाे हाे ।

 श्रावण २० सो ठाँउमा पहिरो जाँदा ३ घरहरुमा पुर्ण रुपमा क्षति भएका थिए। वाढीबाट १०० बोरा धान फल्ने खेति योग्य जमिन पुरिएको थियो ।   कारण भएको क्षतिको जिल्ला प्रहरी कार्यालय बाजुराले मुचुल्का तयार पारेको थियो सो मुचुल्काका आधारमा नगरपालिकाले प्रति परिवार एक कट्टा चामल, दाल, तेल, नुन लगायतकाे खाध्यान्न सहयाेग गरेकाे बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्काले बताएका छन । थप राहतका लागि कार्यपालिकाकाे बैठकले निर्णय गरी बगाएकाे खेतकाे समेत केही राहत उपलब्ध गराउन सकिने ब्यबस्था मिलाउन नगरपालिका प्रतिबद्ध भएकाे नगर प्रमख खड्काले बताएका छन ।

 राहतका लागि सिफारिस भएका मध्य घरमा क्षेती भएका परिवारलाइ त्रिपाल सहित खाध्यान्न समेत सहयाेग गरेकाे नगर उप प्रमुख नन्दा थापाले बताएकी छन । बाढी पिडीतकाे समस्यालाइ समाधान गर्न थप कार्यक्रमहरु तय गरेर अगाडी बढ्ने उप प्रमख थापाले पिडीतहरुलाइ बताएकी छन ।

राहत बितरण कार्यक्रममा नगर प्रमख अमर बहादुर खड्का, उप प्रमुख नन्दा थापा, बडिमालिका नगरपालिका वडा नम्मर ९ का वडा अध्यक्ष सुर्यकिरण विक, प्रमुख प्रशासकिय अधिकृत रंगमल विक, पत्रकार लगायतकाे टाेली घरमै पुगेर राहत साम्रगी बितरण गरेकाे प्रमुख प्रशासकिय अधिकृत रंगमल विकले बताए ।

 

चर्चामा

सम्बन्धित समाचार