शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • बडिमालिका
  • स्थानीय र जनप्रतिनिधिले लगाए दुरसंचार कार्यालय बाजुरामा ताला

स्थानीय र जनप्रतिनिधिले लगाए दुरसंचार कार्यालय बाजुरामा ताला

  • मङ्लबार, भदौ १४, २०७९
स्थानीय र जनप्रतिनिधिले लगाए दुरसंचार कार्यालय बाजुरामा ताला

जंग रावल/बाजुरा — जिल्लाको बडिमालिका नगरपालिका वडा नं ६ का स्थानीय र जनप्रतिनिधिले नेपाल टेलिकममा ताला लगाएको छ ।
सदरमुकाम को बडिमालिका नगरपालिकामा रहेको नेपाल टेलिकम मार्फत सञ्चालित बडिमालिका नगरपालिका वडा नम्बर १ मा रहेको नमस्तेको नेटर्वकले काम गर्न छोडेपछि वडाका जनप्रतिनिधि र जिल्लाका युवा तथास्थानीयहरुले मंगलबार नेपाल टेलिकमको कार्यालय बाजुराको ढोकामा तालाबन्दी गरेका हुन ।

सो कार्यालयमा पुणर्रुपमा ताला लगाए पछि नेटवर्क सम्बन्धि नेपाल टेलिकम , जिल्ला प्रशासन कार्यालयले निणर्य नगर्दा सम्म ताला नखोलिने र थप नेपाल टेलिकमले नमस्ते टावर सुविधा सुचारु नगरेमा युवाहरुको बाक्लो उपस्थीतिमा थप आन्दोलन गर्ने युवाहरुको भनाई रहेको छ ।
मोबाइल नेटवर्कमा महिनौ दिनसम्म देखिएको समस्या समाधान गर्न ध्यानकर्षण गराउँदा पनि टेलकिमले लापारबाही गरेको भन्दै जिल्ला स्थित युवाहरु र वडाका जनप्रतिनिधि मिलेर नेपाल टेलिकम कार्यालय बाजुरामा तालाबन्दी गरेको बडिमालिका नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष क्रिस्न खड्काले बताएका छन ।

टेलिकमको कार्यालयमा जनप्रतिनिधि बेला बेला पुगि रहँदा पनि टावरमा समस्या भई रहने र समग्र वडाबासी र जनप्रतिनिधिलाई टावर बनाउँछौँ भन्ने आश्वासन मात्र देखाउने तर टेलिकमले सेवा नदिने जस्ता वेवास्ता गर्दा समग्र स्थानीय र जनप्रतिनिधिको उपस्थीतिमा ताला लगाईएको खड्काले बताए ।
बडिमालिका नगरपालिका वडा नम्बर ४ ,५ ,६ र १ मा पुणर् रुपमा स्थानीयहरु नेट ईनटरनेट सेवा सुविधाबाट बन्चित भएका छन । मोबाईल टावर नहुँदा स्थानीयले धेरै टाढा गएर अग्ला डाँडा धाउनु परेको स्थानीयको भनाई रहेको छ ।

नेपाल टेलिकमलाई पटक पटक ज्ञापन पत्र बुझाउँदा पनि नमस्ते टावरमा स्थानीयलाई सेवा सुविधालाई कुनै वास्ता नगरेकाले जिल्ला प्रशासन कार्यालय लाई पनि ध्यानाकर्षण पत्र बुझाईएको बडिमालिका नगरपालिकाका युवा नरेश बडुवालले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार