बाजुरा — जिल्लाका उच्च भेगमा हिमपाँत सँगै चिसो शूरु भएपछि दुलर्भ बन्यजन्तुको चोरी शिकार बढेको छ । जिल्लाका मार्तडी, दहकोट, मानाकोट, तोली, कैलाशमाण्डौ, काँडा, रुगिन, छतारा, डोगडी लगायत दर्जनौ गाँउमा बन्यजन्तुको चोरी शिकार बढेको छ । बाजुरा उच्च भागमा स्थानिय शिकार खेल्न बन्दुक, भाला, खुकुरी लिएर जगंल गएका हिमालीका २ का धनमल बिकले बताएका छन् ।
जिल्लाका हिमाली भेगमा बाक्लो हिमपात शूरु सँगै बन्यजन्तु तलतिर आउने भएकाले शिकारीहरु शिकार खेल्न जाने गरेको मार्तडीका एक स्थानियले बताएका छन् । उनले भने जंगलमा गएर “दुलर्भ तथा संरक्षित बन्यजन्तु डाँफे, कालिच, बदेल, कस्तुरीमृग, घोरल, बाघ, भालुको सिकार गर्ने गरेको बताए” । शिकार खेल्न स्थानिय बासीको समुह एक दूई हप्ता सम्म जंगलमा बस्ने गर्छन् । ‘जंगलमा गएर भरुवा बन्दुकको प्रयोग तथा पासो प्रयोग गरेर मार्ने गरेको एक स्थानियले भने’ । कसैले त कुकुरहरु प्रयोग गरेर मृगको शिकार समेत गर्ने गरेको जनाए ।
जिल्लाका उच्च भेग पर्ने बडिमालिका, बुढिन्नदा र खप्तड राष्ट्रिय निकुञ्जमा हिमपात भएपछि बन्यजन्तुहरु काँडा, जयबागेश्वरी, बाह्रबिस, केलाशमाण्डौ, रुगिन बिच्छँया, दहकोट, छतारा, मार्तडीका जंगलमा आउने गर्छन् । त्यही मौका छोपी स्थानिय बासी शिकार खेल्न जाने गर्छन् । बन्यजन्तुको शिकार गरी सदरमुकाम मार्तडी र गाँउ गाँउमा खुलेआम बिक्रि हुने गरेको मार्तडीका होटल ब्यबसाहि बताउछन् छन् । एकजना होटल ब्यबसाहिले भने ‘जंगल बाट बन्यजन्तु मारेर सदरमुकाम मार्तडीमा डाँफे, मुनाल, कालिज, बदेल, कस्तुरीमृग, घोरल लगायतका बन्यजन्तुको मासु बिक्रि हुने गरेको बताएका छन्’ ।
सदरमुकाम मार्तडीमा प्रति डाँफे र मुनाल १५ सय देखी २ हजार, कालिज १ हजार भन्दा बढि मुल्यमा बिक्रि हुने गरेको छ । त्यस्तै बँदेल, घोरलको प्रतिकेजी ५ सयमा कस्तुरीमृगको मासु प्रतिकेजी १ हजारमा बिक्रि हुने गरेको मार्तडीमा मृगको मासु बेच्दै एकजना शिकारीले बताए । उनले भने चिसो याममा जंगली बन्यजन्तुको मासु बिक्रि र मुल्य पाउने गरेको बताए । सदरमुकाममा सबै भन्दा बढि ठेकेकदार कार्यलयका कर्मचारी र ब्यापारीहरु किन्ने गरेको उनले भने । बाघको छाला र भालुको पित्त भने चिन, तिब्बत र भारतमा बिक्रि हुने गरेको पाईएको छ ।
राष्ट्रिय निकुञ्ज तथा बन्य जन्तु संरक्षण ऐन २०२९ अनुसार संरक्षित पंक्षी तथा बन्य जन्तुको शिकार गर्नेलाई ५ बर्ष देखी १५ वर्ष सम्म कैद र नगद ५० हजार देखी १ लाख सम्म जरीवाना हुन सक्ने कानुनी प्रावधान रहेको छ ।