सुरेशकुमार पान्डे। अहिले छिमेकी मुलुक सँग खिचा तानि चलेको बेला छिमेकि मिडियाहरुको रुआबासीले उब्जाएको प्रश्न हो,”मित्रता कस्ले निर्भा गय्रो?”नेपाल र भारत सदियौँ देखि सबै भन्दा बढी मित्र देश र घनिष्ट सम्बन्द रहँदै आएकाछन।दुबै देशका जनताहरुको अटुट सम्बन्ध रहि आएको बारे कसैको दुईमत नहोला।तेसैता नेपालको सम्बन्द चीन लगायतका सबै छिमेकि देश सँग राम्रोछ।तरपनि हाम्रो रहन सहन साँस्कृती,भेषभुशा आदिमा भारत सँग मेलपनि खान्छ।
नेपालमा पहिले एक मात्र हिँन्दु धर्म लादिएकोले पनि यँहाका मान्छेहरुले आफुलाई हिन्दु सम्झिन्छन। आर्को बिषय केभने “भारत छोडो आन्दोलन”लाई नेपाली जनताको समर्थनलेपनि नेपाली जनता र भारतिय जनताको बिचको जो मित्रताहो त्यो ऐतिहाशिक र सम्बन्ध पनि अटुटछ। सन१९४२मा भारतमा भयको अंग्रेज बिरोधी”भारत छोडो”आन्दोलनका नेताहरु अंग्रेजको दमनबाट जोगिन नेपाल पसेका मध्य राम मनोहर लोहिया,जयप्रकाश नारायण लगायतका लाई नेपालको तत्कालिन राणाको सरकारले गिरफ्तार गय्रो।उनिहरुलाई जनताले आफ्नो ज्यानको प्रवाह नगरी हनुमान नगरको जेल तोडेर मुक्तगराए।
यसले के देखाउँछ भने जनताको बिचको घनिष्ट सम्बन्द रहेको लाईनै पुष्टटि गर्दछ। राणाहरुले जयप्रकाशलाई आफ्नै घरमा राखेको आरोपमा कृष्णप्रसाद कोईराला लाई गिरफ्तार गरेर काठमाडौ ल्याए,जस्को यँहि जेलभित्रनै मृत्यु भयो।राणाहरुले २००जना नागरीकहरुलाई यहि अभियोगमा मुद्धा लगायो।समय-समयमा सत्ताशिन साशकहरुले दुबै देशका जनताहरुलाई लडाउँने कोसिश गरेपनि दुबै देशका जनताहरुको बिच अघात मैत्रिपूर्ण सम्बन्ध रहँदै आएको कुरा कसैसँग लुकेको छैन। भारतमा सन१९४७भन्दा पहिलेका जनताहरुलाई अंग्रेज को त्यो दमन बाट जोगाउँनमा नेपाली जनताको ठुलो योगदान रह्यो।
यध्यापि राणा सरकारको अंग्रेज हरु सँग गहिरो साँठगाँठ रहेको थियो जस्लेगर्दा नेपाली जनताहरु लाई दुई प्रकारको दमनको सामना गर्नु परेकोथियो।भारतिय जनताको साथ दिँदा बृटिश भारत र जाहाँनिय राणाहरुको दमन झेलेर भयपनि जनताले भारतिय स्वधिनताका लागि पुरै सहयोग गरेका थिए।जो राणाहरुको जेलमा महिनौ सडेका पनि थिए। भारतको आजादी पछि बिस्तारै भारतिय शासक बर्गको ब्यबहारमा अहेँकार झल्किन थाल्यो।नेपाललाई सार्भौम सम्पन्न राष्ट्रको रुपमा भन्दा आफ्नो अधिनस्तको एउटा गरिब मुलुक संझिन थाल्यो र बिभिन्न बहानामा नेपाललाई आफ्नो दबावमा राख्ने नियतिले अगाडि बड्यो।उस्ले तमाम छिमेकिहरुलाई छिमेकिको रुपमा भन्दापनि आफु शमुन्रको मगर मच्छ र बाँकि माछाहरुको रुपमा बुझ्यो।नेपाल सँग पहिलो पटक कोदारी राजमार्गलाई लिएर बिस.२०२७सालमा उस्ले आर्थिक नाका बन्दी लगायो।यो अन्तरराष्ट्रिय नियमको खिलाफ मात्रै थिएन स्वायम बिस.१९८०पौषमा नेपाल र अंग्रेज बिचको एउटा शान्ति तथा मैत्रि सन्धिको पनि खिलाफ थियो।यो सन्धिमा नेपाल अंग्रेज मैत्रिको अतिरिक्त नेपाल ले बिदेशबाट हात हथियार खरिद गर्ने,नेपालले बिदेशबाट लिएका सर समानको लागि भारतिय बन्दरगाहमा भन्शार सुल्क नलाग्ने जस्ता प्राबधान राखिएका थिए।भन्निनछ यहि सन्धि बाट नेपाल र अंग्रेज हरुको बिचमा समानता को सम्बन्ध कायम भयो।र नेपालले सार्भौमिकताको मान्यता पाएको थियो।
बि.स२०४५मा नेपाली जनताले राजतन्त्रको बिरुद्धमा चलाएको आन्दोलनलाई सम्भावित दबाउँने उदेश्यले तत्कालिन राजाले चीन बाट हातहथियार खरिद गरेपछि भारतले त्यो बेलापनि१३मैना जति आर्थिक नाका बन्दि लगाएको थियो।भारतले नेपाललाई हेर्ने दृष्टीकोको बारेमा राजा बिरेन्दरलाई भनक भै सकेको थियोर उन्ले नेपाललाई आफ्नो राज्या भिषेककै दिन २०३१फागुन १२गते देशलाई शान्ति क्षेत्र गोषणा गर्ने प्रस्ताब राखे र उक्त प्रस्ताब समेतलाई भारतले स्विकार गरेन।उन्ले पछि देशमा चलेको राजतन्त्र बिरुद्धको आन्दोलनलाई दवाउँन भारतको सैनिक मद्तपनि मागेक होईनन्।बरु भारतिय नेताहरुको शासकहरुको नेपालको आन्दोलन प्रति लगातार चासो राखे र स्वायम नेपालमा पनि गएर नारी छाम्ने कामपनि नगरेका होईनन्।
.नेपाल साँचै भन्नु पर्दा ईमानदारी र छिमिकि सँगको बफादारीकै कारणले कंगाल भयको हो।देशलाई छिमेकीको मण्डि बनाउ्ने र छिमेकमा आफ्ना युवाशक्ति पठाएर त्यँहाको बिकशमा लगाउँनाले देशको बिकाश तिर कसैको ध्यान नै गयन।त्यसमा १८१५को गोर्खा भर्तिपनि जिम्मेवारछ।भारतिय फौजमा भर्तिभयर भारतकै लागि लड्ने र मर्ने काम भयो।कहिले उनिहरु मलायामा,बर्मा मा मरे,कहिले फोक्लेण्डामा कहिले लद्दाखमा मरे।यसरी छिमेकिकै लागि इमानदारी र बफादार भयर आफ्नो प्राणको आहूती दिएर बिकाश गरे रक्षा गरे।जस्का लागि नेपाली जनताले अन्धभक्त भयर ठुलो दाई सम्झेर सेवागरे उसैले आज अतिक्रमण गर्दै आयो।अहिले आफ्नै जमिन लाई नक्सामा राख्दा छिमेकमा हाहाकार मचिएको मात्रैछैन।सरकार भित्रै पक्ष बिपक्ष बनाईदियो र सरकार अपदस्तको संगारमाछ।
यो दुरगति एक तर्फा मित्रता निर्भा गर्दा नै आएको हो।अहिले नेपाल लाई,चीन र पाकिस्तान को शंकक्षामा राखेर हेरेककाछन।उनिहरुका कटर दुश्मन चीन,अनि पाकिस्तान हुँन।पाक भारत बाट सन१९४७ छुट्टै देशको रुप लिएपछि नै त्यँहा कुनैन कुनै बहानामा शंघर्ष चलिनै रहन्छ।त्यसैको परिणाम छिमेकिकै कारणले पूर्वि पाकिस्तानलाई सन१९७१मै बाँग्लादेश बनाएर दुईटुक्रा पारियो।यस्तै चीन सँग सन१९६२मा ठुलो युद्ध भयपछि भारत र चिनको बिच लगातार शंघर्ष चल्दै आएकोछ।तर नेपाल र भारतका सरकारहरु बिच जस्तो सुकै भयपनि अहिले सम्म जनताहरुको एकजुट्ता र मित्रता कायमनैछ।तर छिमेकिले नेपालमा आफ्नो कटपुत्ली सरकार चाहान्छ जो उस्को ईसारामा चुपचाप नाचि रहोश अनि बिस्तारै उस्ले भनेझैँ हिमलय सम्म बिशाल भारत बनुश।जस्तै सिक्किम लाई आफ्नो अधिनस्त ल्याउँन सफल भयो।समय समयमा देश का जनताको नारि छाम्दै आएकोछ।कुनैपनि जनताको बिचमा प्रभावशाली नेता जन्मिन्छ त्यसलाई आफ्नो मुट्ठिमा पारेर देशमा आफ्नो दाउँ खेल्दै आएकोछ।अहिले सम्म छिमेकी सँग गरेका कुनैपनि सन्धि र सम्झौतामा नेपालको हित भयकाछैनन। अनि रोजी बेटिको साईनो भन्दै,मित्रताको दुहाई दिन्छन।
तर मित्रताको के हो?त्यस बारेमा अनभिज्ञाछन।वा मित्रता निर्भा गर्ननै चाहाँदैनन।अहिले देशले कालापानी लाई नक्साभित्र राखेपछि हिँजो सम्म एकमत देखिएको सरकार आज दुई टुक्रा पर्दैछ।यस्लाई भारतिय मिडियाहरुले हावा दिएर जनताकै बिचमा लडाई गराउँने प्रयात्न गर्दैछन।देशलाई जोगाउँने मनछ भने अहिए सरकारको बिच एकजुट्ता हुँनु आबस्याकछ।केपी वलीको राजिनामाले उनिहरु बिचको पार्टि एकतालाई बचाएतापनि देशलाई दुरगतिमा ढेकल्नेछ।