बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव

सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव

  • मङ्लबार, जेष्ठ १९, २०८३
सेयर गर्नुहोस् :
सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव

धनगढी —सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई दलको नेताबाट हटाउन नेपाली कांग्रेसका बहुमत सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।

प्रदेश सभा सदस्य दिवानसिंह विष्ट समेतको नेतृत्वमा शाहलाई दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव संसदीय दलको कार्यालयमा दर्ता गरिएको हो ।

स्रोतकाअनुसार शाहविरुद्धको प्रस्तावमा ९ जना सांसदले हस्ताक्षर गरेका छन् । प्रदेश सभामा कांग्रेसका १८ सांसद छन् । उनीहरू मध्ये प्रकाश देउवा भने नेपाल बाहिर छन् ।

अविश्वासको प्रस्ताव दर्ता गरेपछि अहिले प्रदेश सभामा बहुमत सांसदको बैठक जारी छ ।

चर्चामा

सम्बन्धित समाचार