सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरा: साहस नेपालद्धारा ३ सय ९० परिवारलाई राहत बितरण

बाजुरा: साहस नेपालद्धारा ३ सय ९० परिवारलाई राहत बितरण

  • शनिबार, असार २०, २०७७
बाजुरा: साहस नेपालद्धारा ३ सय ९० परिवारलाई राहत बितरण

बाजुरा — सहयोगी हातहरुको समुह सहस नेपालले बाजुराका ३ स्थानीय तहमा ३ सय ९० परिवारलाई राहत बितरण गरेको छ । कोबिट १९ को प्रभावमा परी समस्यामा परेका ३ सय ९० परिवारलाई राहत साम्रगी र स्वास्थ्य साम्रगी बितरण गरेको हो ।
बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा गरिएको कोबिट १९ का कारण प्रभाबितहरुलाई राहत बितरण कार्यक्रमको जिल्ला स्तरिय समीक्षा बार्षिक समिक्षा गोष्ठीको आयोजना गरी सार्बजनीक गरेको साहस नेपालका परियाेजना अधिकृत देशिन्द्र राइले बताए । राहत बितरणमा बाजुरा जिल्लाका ३ ओटा स्थानीय तहमा गरीएको राईको भनाई रहेको छ । जसमा बडिमालिका नगरपालिका गौमुल गाउँपालिका, खप्तड छेडेदह गाउँपालिकामा राहत र २ ओटा स्थानीय तह बडिमालिका नगरपालिका र खप्तड छेडेदह गाउँपालिकाका स्वास्थ्य संस्थामा पिपिई सेट लगायत स्वास्थ्य साम्रगी समेत बितरण गरीएको सो कार्यक्रममा सार्बजनीक गरीएको छ ।
बडिमालिका नगरपालिकामा १ सय ५० परिवार, गौमुल गाउँपालिकामा २ सय परिवार र खप्तड छेडेदह गाउँपालिकामा ४० परिवार गरी ९ लाख ७ हजार ९ सय ५६ रुपैया बराबरको खाद्य साम्रगी बितरण गरीएको साहस नेपालका कार्यक्रम संयोजक राईले बताए ।
जिल्ला समन्वय समिति बाजुराका प्रमुख नरेन्द्र कुमार रोकायाको अध्यक्षतामा संचालन भएको जिल्ला जिल्ला स्तरिय समीक्षा गाेष्ठीमा बडिमालिका नगरपालिका नगर उपप्रमुख कबित बिष्ट, प्रमुख जिल्ला अधिकारी कृष्ण गैरे, बडिमालिका नगरपालिका वडा न ९ का वडा अध्यक्ष बिनोद कुमार बिक पत्रकार महासघं बाजुराका अध्यक्ष प्रकाश सिहं, गैर सरकारी संस्था महासघंका अध्यक्ष अग्नी शाही लगायत बिभिन्न सरकारी तथा गैर सरकारी कार्यालाय प्रमुख प्रतिनिधी बिभिन्न संचारमाध्याममा कार्यरत पत्रकार हरुको सहभागीता रहेको थियो । साहस नेपालका कर्मचारी नाैला सिंह नेपालीले संचालन गरेको कार्यक्रममा स्वागत सोही कार्यलयमा कार्यरत कर्मचारी रिता शाहीले गरेकी थिईन भने कार्यक्रमको समिक्षा प्रस्तुती करण साहस नेपालकै परियाेजना अधिकृत देशिन्द्र राईले गरेको थिय ।
कार्यक्रम प्रस्तुतीकरण पश्चात समिक्षामा बोल्ने सबै सहभागीले साहस नेपालको काम असाध्यै राम्रो रहेको बताएका छन । कार्यक्रममा रहेका सहभागीहरुले बिगत लामो समयदेखी काम गरेको साहस नेपालले अझै बाजुराबासी लाई पर्न जाने समस्या समाधानमा जुट्न समेत आग्रह गरेका छन । साहस नेपालको काममा कुनै तुर्टी नहुने र हाल सम्म त्यस्तो कुनै पनी नदेखीएको कार्यक्रमका सहभागीहरुले बताएका थिए ।

चर्चामा

सम्बन्धित समाचार