बाजुरा — बाजुरा जिल्लाको बुढिगंगा नगरपालिका मदिरा निशेधित क्षेत्र घोषणा गरेको छ । हाल त्यहा मदिरा बिक्री बितरण गर्न कोही कसैले पाउदैनन । तर त्यही नगरपालिका वडा न २ का वडा सचिव लोकेश रोकायाको भने मदिरा ओसार पसार गर्ने नियमीत काम जस्तै बनेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
धेरै अनुसन्धान पछि वडा सचिव सहित ४ जनाले सदरमुकाम मार्तडीबाट बुढिगंगा नगरपालिकामा अबैध घरेलु मदिरा लैजाने क्रममा प्रहरीले बडिमालिका नगरपालिकाको जडाङगाबाट पक्राउ गरेको छ ।
नगरपालिकाले निति बनाएर कार्यन्वयन गर्न दिएका कर्मचारीबाट यस्तो गलत हुन भनेको बिकास बिरोधी कर्मचारीमा हुन सक्छन गरपालिकाले जनाएको छ ।
सु प प ०१००८ प ११२४ नम्मरको मोटरसाइकल चालक बुढिगंगा नगरपालिका वडा न २ का वडा सचिव लोकेश रोकाया र मोटर साइकल नम्मर से १ प ९१५१ नम्मरको मोटरसाइकल चालक पुष्प थापा सहित ४ जना प्रकाउ परेका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
बाजुराको सदरमुकाम मार्तडी नजिकै रहेको बाउली बजारबाट अबैध घरेलु मदिरा ओसार पसारमा संगलग्न वडा सचिव सहित ४ जना र २ ओटा मोटरसाइकल नियन्त्रणमा लिएर प्रहरीले प्रकाउ गरेको छ । बुढिगंगा नगरपालिका मदिरा निशेधित क्षेत्र घोषणा पश्चात त्यहा अबैध मदिरा लगायत कुनै किसिमको रक्सी बिक्री बितरण गर्न बन्देज गरेको भए पनी सदरमुकामबाट पैठारी गर्ने क्रममा २ ओटा मोटर साइकल सहित ४ जनालाइ प्रहरीको टोलीले प्रकाउ गरेको हो ।
उनिहरू धेरै दिन देखी अबैध रूपमा सदरमुकामबाट अबैध घरेलु मदिरा ओसार पसारमा संगलग्न रहेको भन्ने बिषेश सुराकीको आधारमा १० लिटर अबैध घरेलु मदिरा सहित ४ जनालाइ बडिमालिका नगरपालिकाको जडाङ्गाबाट प्रकाउ गरेको प्रहरीले जनाएको छ ।