• होमपेज
  • बाजुरा बिशेष
  • भिरबाट लडेर एक महिलाको मृत्यू

भिरबाट लडेर एक महिलाको मृत्यू

  • बिहिबार, बैशाख २५, २०७७
भिरबाट लडेर एक महिलाको मृत्यू
फाईल फोटो

बडिमालिका समाचार/ बाजुरा २५ बैशाख – हिमाली गाउपालिकामा भिरबाट लडेर एका जना महिलाको मृत्यू भएको छ । मृत्यू हुनेमा हिमाली गाउपालिका ६ पाडीकी ३६ वर्षिया रुबकली रोकायाको मृत्यू भएको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता प्रहरी निरिक्षक दानबहादुर रोकायाले जानकारी दिएको छ ।
बिहिबार दिउसो बस्तु भाउलाई घासकाट्न गएको समयमा भिरबाट लडेर घटना स्थलमै मृत्यू भएको खबर आएपछि प्रहरी चौकी धुलाचौरबाट प्रहरी टोली गएको छ । प्रहरी चौकीबाट घटना स्थल पुग्न ६, ७ घण्टा पैदल लाग्ने भएकोले बिस्त्रीत बिबरण आउन समयलाग्ने रोकायाले बताए । प्रहरी टोली घटना स्थलतिर हिडीसकेको उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार