बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • खप्तड छेडेदह
  • जय ओलीकाे खप्तड छेडेदह गाउँपालिकालाइ चिठी

जय ओलीकाे खप्तड छेडेदह गाउँपालिकालाइ चिठी

  • मङ्लबार, बैशाख २३, २०७७
सेयर गर्नुहोस् :
जय ओलीकाे  खप्तड छेडेदह गाउँपालिकालाइ चिठी

छेडेदह गाउपालिका बाजुरा आदरणीय गाउँ पालिका अध्यक्ष ज्यु बाजुरा बाहिर बसिरहेका सम्पुर्ण छेडेदह गाउँ पालिका निबासी बजुरेली जनता हरुको तर्फ बाट तपाइँ लाई र सम्पुर्ण स्थानीय निकायका प्रतिनिधि ज्यु हरुलाइ सादर अनुरोध सहित नमस्कार टक्र्याउछु ।

(Covid-19) अर्थात बिश्वभरी महामारीको रुपमा फैलिएको कोरोना को रोकथाम मा संसार ले हरेक जुक्ति अपनाइरहेको छ र आफ्ना नागरिक हरुलाइ बचाउन हरेक निकाय ले अथक प्रयास गरिरहेको छ तर हाम्रो गाउँ पालिकाले आफ्ना नागरिक हरु प्रति लछित कुनै कार्यक्रम ल्याउन नसक्दा हामिलाइ तपाइहरु को सोच र कार्ययोजना प्रति संका लागिरहेको छ किन भने तपाईंहरु ले गाउँ पालिका बासी हरुको हितका लागि अहिले सम्म कुनै पनि काम गर्न सक्नु भएको छैन । गर्छौ भन्ने गफ मात्रै दिएर भएन अब !

भुक्नी कुकुरले टोक्दैन भन्छन , अब टोक्नी बनाउनु परो , बोलेको कुरो पोलेर देखाउनु परो , बोलेर मात्रै जनतालाई आश्वासन दिएर कतिन्जेल ओझेलमा पार्नी ! नाम लिस्ट तयार पार हामी त्यतै राहतको ब्यब्स्था गर्छौ भनेको आज २० दिन जति भयो ।भन्न लाई त भन्नुहुन्छ जहाँ छौ तेही बस रे अनि भोकै बस्नु पर्ने बाध्यात नआउला भन्न सकिदैन जनप्रतिनिधि ज्यु यस्तै स्थिति भयो भने जिल्ला बाहिर रहेका जनतालाई के राहत प्याकेज ल्याएको छ र ए मेराे जनप्रतिनिधि ज्यु ५ वर्ष हजुरहरु लाई यसै दिएकाे हैन्।

यस्तो विपदकाे समयमा सबै जनता समान देख्न र उचित राहत दिन नसक्नु हजुरहरुकै कमि कम्जाेरी हो र वास्तविक जनप्रतिनिधि को कर्तव्यबोध गर्न अनुरोध पनि गर्दछु ।जनप्रतिनिधि ज्यु।कृपया सूचना मात्रै जारी गरेर, अपिल, आग्रह र घोषणा मात्रै गरेर शासक होइन, सेवाहरू सहज गरेर सेवक वन्नुहोस। धन्यवाद।

जय ओलि खप्तड छेडेदह गाउँ पालिका ७ ओलिगाउ हाल; काठमाडौ

चर्चामा

सम्बन्धित समाचार