नेबिसघका नेता तथा स्थानिय तपेस रावलले बुढिगगा नगरपालिकाका नगप्रमुख दिपक बिक्रम शाहलाई किसानहरुकाे प्रतिनिधित्व गर्दै आइतबार ज्ञापनपत्र बुझाएका छन । लकडाउनका कारणले बुढिगगा नगरपालिकाका बिभिन्न वडामा ब्याबसायिक तरकारी खेति गरिएआएका कृषकको तरकारी स्थानीय बजार पुर्ण रुपमा बन्द भएपछि खपत घटेसगै बारिमा सढ्न थालेपछि नेता रावलकाे अगुवाइमा किसाहरुकाे बारिमै गई १८ कृषकहरूलाई हस्ताक्षर गरि ज्ञापनपत्र बुझाएको हाे ।
नेपाल सरकारले काेभिड 19 राेकथाम तथा न्युनिकरणका लागि लकडाउन उर्दी जारि गरेपछि किसानहरूले आफुले बिक्री गर्नका लागि लगाएको तरकारी बिक्री नहुने भएपछि बारिमै सढ्नुका साथै पशुचाैपायालाइ खुवाउनुपर्ने बाध्यता बढेको दुखेसो पाइएपछि आफुले ज्ञापनपत्र मार्फत स्थानीय सरकारलाई ध्यानाकर्षण गराइ किसानलाई उद्दार गर्नका निम्ति आफुले उक्त अभियान चलाएको रावलले बताएका छन । ज्ञापनपत्र बुझ्दै नगरप्रमुख दिपक बिक्रम शाहले किसानहरूको माग समयसापेक्ष भएकोले नगरपालिकामा यश बिषयमा छलफल गरि प्रकृया अगाडि बढाउने वताएका छन् । किसानहरुलाइ समेटनका लागि बिभिन्न गतिबिधि गर्ने नगरपालिकाले जनाएकाे छ ।