बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • बुढीगंगा २ बल्देमा रहेकाे एउटा निर्माण कम्पनीकाे साईट कार्यालयमा आगलागी

बुढीगंगा २ बल्देमा रहेकाे एउटा निर्माण कम्पनीकाे साईट कार्यालयमा आगलागी

  • मङ्लबार, जेष्ठ १२, २०८३
सेयर गर्नुहोस् :
बुढीगंगा २ बल्देमा रहेकाे एउटा  निर्माण कम्पनीकाे साईट कार्यालयमा आगलागी

बाजुरा— बुढीग‌गा नदिमा  त्रिबेणी नगरपालिकाकाे पैमा जाने  बन्न लागेकाे पुलकाे ठेकेदार कम्पनी एम के विल्डर्स एण्ड कन्स्ट्रक्सन कम्पनी प्रा.लि. को साईट कार्यालयमा आगलागी  भएको छ। जिल्लाको बुढीगंगा गाउँपालिका–२ बल्देमा रहेको कम्पनीको साईट कार्यालयमा  भएको आगलागीबाट कार्यालय पूर्ण रूपमा जलेर नष्ट भएको कम्पनीका तिलक बहादुर शाहले जानकारी दिएका छन ।
कम्पनीले दिएको प्रारम्भिक विवरणअनुसार आगलागीबाट अन्दाजी ५५ लाख रुपैयाँ बराबरको क्षति भएको जनाएको छ। आगलागीपछि साईट कार्यालय पूर्ण रूपमा जलेर खरानी बनेको छ भने क्षतिको एकिन विवरण आउन बाँकी रहेको उनले बताएका छन । साे कार्यालयमा निर्माण साम्रगीहरु सरिया सिमेन्ट लगायत पुल निर्माणका आबस्यक साम्रगीहरु जलेर नष्ट भएकाे शाहले बताएका छन ।
आगलागी कसरी भएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ। घटनापछि स्थानीयवासी तथा प्रहरीकाे टाेली घटनास्थल पुगेका थिए। प्रहरीका अनुसार घटनाबारे थप विवरण संकलन भइरहेको छ भने आगलागीबाट भएको वास्तविक क्षतिको मूल्यांकन पछि मात्रै एकिन तथ्य बाहिर आउने जनाइएको छ।

चर्चामा

सम्बन्धित समाचार