खप्पतड छेडेदह गाँउपालिकामा नामको मात्र क्वारेनटाइन रहेको पाईएको छ । क्वारेनटाइन बनाउदा चाहिने आधारभुत पुर्वाधार नभई नामको मात्र क्वारेनटाइन रहेको स्थानियले बडिमालिका खबरलाई बताएका छन् ।
खप्तडछेडेदह गाँउपालिका २ माटेसागुमा रहेको देबस्थलिय माबिमा गाँउपालिकाले क्वारेनटाइन निर्माण गरेको भएपनि त्यहाँ कुनै ब्यबस्थापन नभएको क्वारेनटाइनमा बसेका यज्ञ शाहिले बडिमालिका खबरलाई बताएका छन् । धनगढी बाट आएका २५ जना सोमबार देखी उक्क्त क्वारेनटाइनमा बसिरहेको भएपनि बस्ने र खाने कुनै पनि ब्यबस्थापन नभएको शाहिले वताएका छन् ।
क्वारेनटाइनमा बस्दा स्वास्थ्य चेकजाँच गर्नु पर्ने भएपनि कुनै पनि चेकजाँच नगरेको र चेकजाँच बिना नै क्वारेनटाइनमा राखिएको उनिहरुले वताएका छन् । २५ जनामा महिला र वालवालिका भएपनि ब्यबस्थापन भने केही नभएको पाईएको छ । घर बाट आफन्तले लुगा ल्याएर दिएको र खाना पनि घर बाटै ल्याएर खाएको उनिहरुले वताएका छन् । बिद्यालयको कोठामा भेडालाई थुनेझै राखेको क्वारेनटाइनमा बसिरहेकाले वताएका छन् ।
अहिले सम्म स्वास्थ्य चेकजाँच गर्ने कुनै स्वास्थ्यकर्मी पनि नआएको उनिहरुले वताएका छन् । बडा अध्यक्ष मिन बहादुर शाहिले भने अहिले ब्यबस्थापन गर्न लागेको वताएका छन् । उनिहरुले भने जति असुबिधा नभएको तर केही ब्यबस्थापन गर्न लागिरहेको वताएका छन् । गाँउपालिका अध्यक्ष नर बहादुर रावतले एकचोटि धेरै आएकोले ब्यबस्थापन गर्न समस्या भएको स्वीकार गरेका छन् । गाँउपालिकामा क्वारेनटाइन ब्यबस्थापन गरेको ठाँउमा क्षमता कम भएकाले समस्या भएको वताए, ब्यबस्थापन गर्न तयारीमा लागि रहेको रावतले वताए ।
प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्यौपानेले भने आफुहरुलाई कुनै जानकारी नभएको वताएका छन् । यस्तो नहुनुपर्ने हो बुझेर ब्यबस्थापन गर्नका लागि सम्बन्धित गाँउपालिकालाई जानकारी गर्ने बताएका छन् । बाजुरा जिल्लामा ९ वटा स्थानिय तहमा १८ वटा क्वारेनटाइन रहेको अहिले १ सय २९ जना क्वारेनटाइनमा बसेको स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ ।
https://www.youtube.com/watch?v=PDzYpuF9e-Y