• होमपेज
  • बुढीगंगा
  • जिबिस र अन्य सेवाबाट समायोजन भएका कर्मचारीले आर्थिक अधिकार नपाउने

जिबिस र अन्य सेवाबाट समायोजन भएका कर्मचारीले आर्थिक अधिकार नपाउने

  • शनिबार, बैशाख १३, २०७७
जिबिस र अन्य सेवाबाट समायोजन भएका कर्मचारीले आर्थिक अधिकार नपाउने

बुढिगंगा नगरपालिकामा तत्कालिन जिल्ला बिकास समिति, दुर्गम क्षेत्र बिकास समिति र अन्य सेवाबाट आएका कर्मचारीले खाता संचालन गर्न नपाउने भएका छन् । सघिंय मामिला तथा समान्य प्रशासन मन्त्रालयबाट परिपत्र भए अनुसार सो कार्य गर्न नपाईने पाइएको छ ।
मन्त्रालयको मिति २०७७ बैशाख ८ गतेको पत्र अनुसार जिबिस तथा अन्य सेवाबाट समायोजन भएका कर्मचारीले आर्थिक अधिकार नपाउने गरि परिपत्र भएको बुढिगंगा नगरपालिकाको बिशेष श्रोतले बताएको छ । बुढिगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रेमकाजी महर्जनले भने जिबिस तथा अन्य सेवाबाट समायोजन भएका कर्मचारीलाई आर्थिक अधिकार दिन नमिल्ने गरि पत्र प्राप्त भएको बताएका छन् । पत्रमा मन्त्रालयको मिति २०७६ जेठ ७ गतेको निर्णय अनुसार साबिक जिबिस, दुर्गम बिकास क्षेत्र बिकास अन्य सेवाबाट समायोजन भएकालाई मिल्दो प्रकृतीको अधिकार मात्र दिन र आर्थिक अधिकार नदिने निर्णय रहेको महर्जनले बताएका छन् ।
नगरपालिकाको सञ्चीत खातामा दुर्गम क्षेत्र बिकासबाट समितिबाट आएका लेखा अधिकृत तिलक थापाका नाममा रहेको छ । थापाको नाममा रहेको खातालाई परिर्वतन गरि लोक सेवाबाट सिफारिस भएका लेखापालका नाममा सारिने प्रमुख प्रशासकिय अधिकृत महर्जनले बताएका छन् । बुढिगंगा नगरपालिका कहिले प्रमुख प्रशासकिय अधिकृत कहिले लेखापालको नाममा समय समयमा बिबादमा आउने गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार