• होमपेज
  • समाज
  • खिरीदेवी प्रतिष्ठानद्धारा आटीचौरमा राहत बितरण

खिरीदेवी प्रतिष्ठानद्धारा आटीचौरमा राहत बितरण

  • शनिबार, बैशाख ६, २०७७
खिरीदेवी प्रतिष्ठानद्धारा आटीचौरमा राहत बितरण

बाजुरा ६ बैशाख– खप्तड छेडेदह गाउँपालिका वडा न ७ मा रहेको श्री खिरीदेवी प्रतिष्ठानले गाउँमा रहेका अति बिपन्न र अनाथ टुहुराहरुलाई राहत बितरण गरेको छ ।
संबिधान सभा सदस्य महा नेपाली की श्रीमती स्व.खिरी देवी नेपालीको सम्झनामा खोलीएको सो प्रतिष्ठानले लकडाउनको समस्यामा परेका अनाथ र बिपन्न ७ परिवारलाई राहत संकलन गरी बितरण गरिएको प्रतिष्ठानका सचिव मनोज नेपालीले बताए । बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा रहेको बाजुरा फैन्सी स्टोरका प्रो प्राइटर सुरेन्द्र नाथको सहयोग तथा श्री खिरीदेवी प्रतिष्ठानको समन्वयमा खप्तड छेडेदह गाउँपालिका वडा न ७ का सुन्तोला सार्की, सपना नेपाली,रुपा नेपाली,रेवती नेपाली,माखी नेपाली, बिमला नेपाली,बिमला नेपाली र बुदे चदाराको घरमै गएर राहत साम्रगी बितरण गरिएको प्रतिष्ठानका सचिव मनोज नेपालीले बताएका छन् ।
प्रति परिवार १० किलो चामल १ किलो दाल र १ किलो तेल लगायतका साम्रगी बितरण गरिएको प्रतिष्ठानले बताएको छ । प्रतिष्ठानका उपाअध्यक्ष टेक बहादुर नेपालीको संयोजकत्वमा सम्बिधान सभा सदस्य महा नेपाली, खप्तड छेडेदह गाउँपालिकाका कार्यपालिका सदस्य भिम नोपली, वडा सदस्य रण बहादुर ओली पुर्ब वडाअध्यक्ष देवे नेपाली लगायतको रोहवरमा ओली गाउँ दानी गाउँ र बुढावाडाका अति बिपन्न परिवारलाई राहत साम्रगी बितरण गरिएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले यसअघि गाउँमा माक्स साबुन लगायतका साम्रगी पनी बितरण गरिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार