• होमपेज
  • राजनीति
  • नेपाल दलित बिद्यार्थी संघको सुदुरपश्चिम संयोजक एबं. केन्द्रीय प्रवक्तामा मंगल नेपाली मनोनयन

नेपाल दलित बिद्यार्थी संघको सुदुरपश्चिम संयोजक एबं. केन्द्रीय प्रवक्तामा मंगल नेपाली मनोनयन

  • बिहिबार, असार ५, २०७६
नेपाल दलित बिद्यार्थी संघको सुदुरपश्चिम संयोजक एबं. केन्द्रीय प्रवक्तामा मंगल नेपाली मनोनयन

राजेन्द्र बहादुर रोकाया
बाजुरा ५ असार
नेपाल दलित बिद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष मंगल नेपाली प्रदेश नं. ७ संयोजक एबं. केन्द्रीय प्रवक्तामा मनोनयन हुनु भएको छ । नेपाल दलित बिद्यार्थी संघको असाढ ४ गते सानेपामा बसेको बैठकले नेपालीलाई मनोनयन गरेको हो । नेपालीले नेपाली काँग्रेसका हरेक तह र तप्काबाट भातृसंगठनमा रही अपुरणिय काम गरेको सम्मान स्वरुप केन्द्रीय समितिको बैठकले मनोनयन गरेको हो । बैठकमा काँग्रेस महाधिवेशन प्रतिनिधी कमल बिश्वकमा वरिष्ठ उपाध्यक्ष एबं नेपाल बिद्यार्थी संघका परराष्ठ सल्लाहकार डम्बर सुनार लगायत संघका केन्द्रीय स्तरका बिद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो । नेपाली काँग्रेसको भातृ संघमा रहेर बिद्यार्थी नेता नेपालीले बिद्यार्थीका हक सहित र अधिकारका बिषयमा आवाज उठाँउदै हरेक काल खण्डमा योगदान गरेको उच्च कदर गर्दै आफुलाई सर्ब सम्मतबाट यति ठुलो जीम्मेवारी दिएकोले आफुलाई थप काम गर्ने हौसला पुगेको संघका प्रदेश नं. ७ संयोजक एबं. केन्द्रीय प्रवक्ता नेपालीले वताएका छन ।

चर्चामा

सम्बन्धित समाचार