शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • हिमाली
  • आमाको मृत्यु, बुवा बिरामी पछि पाँच भाइ बहिनि बिच्चली

आमाको मृत्यु, बुवा बिरामी पछि पाँच भाइ बहिनि बिच्चली

  • आइतवार, चैत्र १७, २०७५
आमाको मृत्यु, बुवा बिरामी पछि पाँच भाइ बहिनि बिच्चली

प्रकाश सिंह
बाजुरा, १७ चैत
हिमाली गाँउपालिका ६ पाडिमा आमाको मृत्यु र बुवा बिरामी भएपछि पाँच जना दलित भाई बहिनि अलपत्र भएका छन् । आमा बञ्चि लुवारको गएको साउनमा मृत्यु भएको

थियो, भने बुवा शान्त लुवार मुटु र फोक्सोको रोगका कारणले अस्पताल भर्ना भएपछि पाँच भाइबहिनि अलपत्र रहेको स्थानिय कर्ण बुढाले वताएका छन् ।
अलपत्र पर्नेमा १४ बर्षकि कल्पना लुवार, १३ बर्षकि पुप्पा लुवार, ९ बर्षका प्रबिन्द्र लुवार, ७ बर्षका सुमना लुवार र २ बर्षिय अप्सरा लुवार रहेका छन् । बुवा लामो समय देखी बिरामी हुनुहुन्छ, आमाको मृत्यु भइसकेको छ, आफुहरु बिचल्लीमा रहेको पुष्पा लुवारले वताएकि छन् । आमाको आर्थिक अभावमा उपचार हुन नसकि गएको साउनमा मृत्युु भएको थियो । बुवा पनि अहिले अछामको बयलपाटा अस्पतालमा उपचार गरिरहेको पुष्पाले वताएकि छन् ।
शान्तका दुई छोरी अम्बु लुवार र सम्झना लुवारले बिहे गरेर गइसकेकि छन् । कल्पना कक्षा ९, पुष्पा कक्षा ६, प्रबिन्द्र कक्षा ३, सुमना कक्षा १ मा अध्यनरत कान्छि अप्सरा भने २ बर्षको मात्र भएकि छन् । बिद्यालयमा भर्ना भएपनि नियिमित बिद्यालय जान नसकेको कल्पनाले वताईन् ।
बुवाले अरुको काम गरेर पाल्ने गरेका थिए, दिदि कल्पनाले पनि गाँउले काम गरेर हामीलाई पाल्ने गरेकी थिईन्, बुवा बिरामी भएपछि निकै समस्या भएको प्रबिन्द्रले वताएका छन् । घरपनि घरले छाएको छाप्रो छ, अरु जग्गा जमिन कुनै छैन्, अरुका काम गरेर र मागेर खाने गरेको स्थानिय रमिला रावलले वताएकि छन् । गाँउले दिएको खाने गर्छन्, कसैले दिएको लुगाफाटो लगाउने गरेको उनले वताईन् । शान्ता लुवार अरुको हलो जोतेर परिवार पाल्ने गरेका थिए, उ नै बिरामी भएपछि पाँच भाइबहिनी बिच्चलीमा परेका हुन् ।
शान्तको परिवार आर्थिक अभाबमा निकै कमजोर रहेको छ । शानतको फोक्सोको समस्याले उनको मुटुको दायाँ भाग फेल भएको बयलपाटा अस्पतालका मेडिकल डाइरेक्टर डा. विकास गौचनले वताएका छन् । अहिले शान्तको बयलपाटा अस्पतालमा इर्मेजेन्सीमा उपचार भइरहेको उनले गौचनले वताए । उनले सधै भरी उपचार गरीरहनु पर्ने रहेको अस्पतालले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार