बुधबार, जेष्ठ २०, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • रानीसैन घटनाः सम्झौता कार्यान्वयन नभएको भन्दै पुनः कर्णाली करिडोर बन्दको घोषणा

रानीसैन घटनाः सम्झौता कार्यान्वयन नभएको भन्दै पुनः कर्णाली करिडोर बन्दको घोषणा

  • आइतवार, जेष्ठ १०, २०८३
सेयर गर्नुहोस् :
रानीसैन घटनाः सम्झौता कार्यान्वयन नभएको भन्दै पुनः कर्णाली करिडोर बन्दको घोषणा

बाजुरा–हिमाली युवा क्लबले लाम्पाटा घटनाको विषयमा सम्झौता बमोजिमका मागहरु २४ घण्टासम्म पनि कार्यान्वयन नभएको भन्दै अनिश्चितकालका लागि पुनः कर्णाली करिडोर सडकखण्ड बन्द गर्ने घोषणा गरेको छ । यसअघि जेठ ८ गते दिउँसो हिमाली युवा क्लब, राजनीतिक दल र प्रशासन बीच ६ बुदेँ सम्झौता भई आन्दोलन स्थगित गरेर अवरुद्ध सडकखण्ड सुचारु गरिएको थियो ।

हिमाली युवा क्लबले हिमाली गाउँपालिका उपाध्यक्ष राजकला सार्कीलाई ज्ञापन पत्र बुझाउँदै यसअघिकाे सम्झौता बमोजिमका मागहरु कार्यानवय नभएको भन्दै फेरी विभिन्न माग राखेर आज अर्थात आइतबार दिउँसो १ बजेबाट राजमार्ग बन्द गर्ने घोषणा गरेको हो । २४ घण्टासम्म कुनै पनि मागहरु कार्यान्वयन नभएको र अझ थप हिमाली ३ का स्थानीयहरुको घरमा अपराधीहरुले थप लुटपाट र तोडफोड गरिरहेको भन्दै तत्काल घटनाको थयार्थ छानबिन गरी दोषिलाई कारबाही नगरेसम्म राजमार्ग बन्द रहने ज्ञापन पत्रमार्फत जानकारी गराएको छ ।

हिमाली गाउँपालिका वडा नं ३ को लाम्पाटामा स्थानीयका घरहरूमा लुटपाट र तोडफोड हुनुका साथै स्थानीय बासिन्दामाथि निर्मम कुटपिट भएको थियो। क्लबका अनुसार हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका र सर्केगाड गाउँपालिकाका केही व्यक्तिहरू यस घटनामा संलग्न रहेका छन्। उनीहरूले स्थानीय बासिन्दाका साथै भ्रमणमा आएका पर्यटकहरूको समेत व्यक्तिगत तथा सार्वजनिक सम्पत्ति लुटेको आरोप लगाइएको छ।

लाम्पाटामा भएको घटनाको स्थलगत अनुगमन गरी तत्काल सर्जमिन मुचुल्का तयार गर्नुपर्ने, हुम्ला जिल्लाका संलग्न दोषीहरूलाई कानुनी दायरामा ल्याई लुटिएको धनमालको क्षतिपूर्ति पीडितलाई उपलब्ध गराउनुपर्ने, कुटपिटबाट घाइते भएका स्थानीयहरूको उपचारको जिम्मा पीडक पक्षले लिनुपर्ने, लाम्पाटा च्याचौरका विस्थापित परिवारलाई पुनर्स्थापित गरी सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने र निर्माणाधीन प्रहरी चौकी भवनमा पुर्‍याइएको क्षतिको क्षतिपूर्ति भराई भवन निर्माण कार्य तुरुन्त अगाडि बढाउनुपर्ने क्लबको माग छ ।

तर जिल्ला प्रहरी प्रशासनले भने घटनाको छानविन गरी दोषिलाई तत्काल कानुनी कारबाही गर्ने प्रक्रियामै रहेको जनाएको छ । घटना भएको लाम्पाटा क्षेत्रमा शान्ति सुरक्षा र वस्तु स्थिति बुझ्‌न जिल्लाबाट सुरक्षाकर्मीको टोलि परिचालन गरिएको छ । यस्तै लाम्पाटामा हुम्लाबाट आएको समूहले गरेको आक्रमणमा परी घाइते तथा पीडित पक्षले कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाजुरामा जाहेरी समेत दिइसकेको जनाएको छ ।

May be an image of text

चर्चामा

सम्बन्धित समाचार